सुनको मूल्यमा गिरावट आउँदा चाँदीको मूल्य कति ?



ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंसिर ९ गते, विहीबारका दिन छापावाला सुनको मूल्य तोलाको ९१ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार २ सय रुपैयाँ तोकिएको छ।

अघिल्लो कारोबारी दिन अर्थात बुधबार मंसिर ८ गतेका दिन, छापावाला सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

विहीबार सुनको मूल्यमा गिरावट हुँदा चाँदीको मूल्य भने सामान्य रकमले उकालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ३० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन बुधबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २ सय २५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ५ रुपैयाँले बढेको देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x