हार्ले डेभिड्सनकाे इन्ट्रिलेवल मोटरसाइकल नेपाली बजारमा, सुरुवाती मूल्य २३ लाख रुपैयाँ

ज्ञानमाण्डू। नाडा अटोशो २०१८ बाट नेपालमा हार्ले डेभिड्सनको बिक्री वितरण सुरु गरेको आइएमई अटोमोटिभ्सले हार्ले डेभिड्सनको इन्ट्रिलेवल मोटरसाइकल अन्तर्गत स्ट्रीट ७५० र स्ट्रीटरड ७५० नेपाली बजारमा भित्राएको छ । हाल यो मोटरसाइकल किन्न चाहने ग्राहकले बुकिङ गर्न सक्ने कुरा कम्पनीले जनाएको छ । स्ट्रीट भर्जन नेपालमा उपलब्ध हार्ले डेभिड्सन मोटरसाइकलहरु मध्ये सबैभन्दा कम मूल्य पर्ने मोटरसाइकल हो । यसअघि कम्पनीले आइरन ८८३ र फ्याट व्यय मोटरसाइकल बिक्री गर्दै आइरहेको थियो । विभिन्न कलर अप्सनमा ग्राहकको चाहाना अनुरुप कम्पनीले मोटरसाइकल भित्र्याउने जनाएको छ भने कलर अनुसार मोटरसाइकलको मूल्य समेत फरक हुनेछ ।


 
स्ट्रीट ७५० र स्ट्रीट रड ७५० मा लिक्वीड कुल्ड, २ सिलिन्डर, ४ भल्भ ७४९ सीसी इन्जिन रहेको छभने स्ट्रीट ७५० को इन्जिनले ५९ एनएम टर्क तथा ५३बीएच पावर जेनेरेट गर्छ त्यस्तै स्ट्रीट रड ७५० को इन्जिनले ६३ एनएमटर्क जेनेरेट गर्छ। यी दुवै मोटरसाइकलमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ भने स्ट्रीट रड ७५० को लम्बाई २१३१ एमएम, सिट हाइट ७५६ एमएम, ग्राउन्ड क्लियरेन्स २०५ एमएम र ह्वीलवेस १५०८ एमएम रहेको छ र स्ट्रीटरड ७५० को फ्रन्टमा ३०० एमएमको डबल र रियरमा २६० एमएमको सिगंल डिस्ब्रेक रहेको छ । साथै स्ट्रीट ७५० को लम्बाई २२१४ एमएम, सिटहाइट ६५२ एमएम, ग्राउन्ड क्लियरेन्स १४४ एमएम र ह्वीलवेस १५१८ एमएम रहेको छ भने स्ट्रीट ७५० को फ्रन्टमा २९२ एमएम र रियरमा २६० एमएमको डबल क्यालिपर डिस्क ब्रेक रहेको छ । यी मोटरसाइकलमा बेल्ट राइड, आल्मुनियम अलोय ह्वील, टियरड्रप फ्यूल ट्याङक, बार इन्डमिरर, एनालग स्पीडो मिटर, फ्यूल वार्निङ इन्डिकेटर, लो आयल इन्डिकेटर, पिलियन सिट, इन्जिन किल स्वीच, डिजिटल ट्रिप मिटरजस्ता विशेषता रहेका छन् । नेपाली बजारमा भित्रिएको हार्ले स्ट्रीटको सुरुवाति मूल्य २३ लाख र स्ट्रीट रड ७५०को सुरुवाती मूल्य २७ लाख रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x