यूनियन हाइड्रोपावरको १३ औँ र १४ औँ वार्षिक साधारण सभा अषाढ २५ गते, बुक क्लोज कहिले ?

ज्ञानमाण्डू।यूनियन हाइड्रोपावर लिमिटेडले  आगामी २०७८ साल अषाढ २५ गते, शुक्रबारका दिन १३ औँ र १४ औँ वार्षिक साधारण सभा गर्ने भएको छ । हाइड्रोपावरले सो सभा बिहान ११:०० बजे पश्चात् भिडियो कन्फ्रेन्सको माध्यम मार्फत आरम्भ हुने जानकारी दिएको छ। यूनियन हाइड्रोपावर लिमिटेडको जेष्ठ २३ गतेका दिन बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभाको मिति तय भएको हो ।

हालको कोभिड १९ को माहामारीको कारण नेपाल सरकारले जारी गरेको सुरक्षा मापदण्डको पूर्ण पालना गरी सभा सम्पन्न गर्नुपर्ने विशेष परिस्थितिका कारण यूनियन हाइड्रोपावर लिमिटेडले Virtual माध्यमबाट उक्त सभामा उपस्थित निमित्त आफ्नो मंतव्य राख्न चाहनुहुने शेयरधनीहरुले सभा संचालन हुनुभन्दा ४८ घण्टा अगावै कम्पनीको ईमेल ठेगाना: [email protected] मा आफ्नो नाम, सम्पर्क नं र डिम्याट नं टिपाई Meeting ID/Password माग गरि प्राप्त गर्न सक्नेछन्।

हाइड्रोपावरको १३ औँ र १४ औँ वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०७५/७६ र २०७६/०७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिने छ । यसका साथै आर्थिक वर्ष २०७५/७६ र २०७६/०७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गरिने एजेण्डा कम्पनीको रहेको छ । कम्पनीले आव २०७७/०७८ को लागि लेखापरिक्षकको नियुत्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिने लगायतका एजेण्डा कम्पनीको रहेको छ ।

कम्पनीको १४ औँ वार्षिक साधारण सभाबाट सञ्चालकहरुको निर्वाचन गरी नयाँ सञ्चालक समिति गठन गर्ने लगायतका कार्यसूची रहेको हाइड्रोपावरले जानकारी दिएको छ। 

कम्पनीद्धारा प्रबंधित मिदिम खोला करापु ज.वि.आ. (३.मे.वा.) को लागि लिएको ऋण व्यवस्थापन र अन्य आयोजनाहरुको अध्ययन तथा विकासका लागि आवश्यक रकमको लागि हकप्रद शेयर जारी गरी पूँजी उठाउने विशेष प्रस्ताव कम्पनीको रहेको छ। कम्पनीले अनुमतिपत्र प्राप्त गरेका आयोजनाहरुको छुट्टै कम्पनी खोली आयोजनाको अनुमतिपत्र हस्तान्तरण गर्न, स्वदेशी तथा विदेशी लगानीकर्ताहरु खोज्न र बैंक वित्तिय संस्थासँग समन्वयन गरि Financial Closure गर्ने समेतको अख्तियारी संचालक समितिलाई प्रदान गर्ने लगायतका एजेण्डा हाइड्रोपावरको रहेको छ। 

१३ औँ र १४ औँ वार्षिक साधारण सभा प्रयोजनका लागि यूनियन हाइड्रोपावर लिमिटेडले मिति २०७८/०३/१५ गतेका दिनदेखि मिति २०७८/०३/२५ गतेका दिनसम्म संस्थाको शेयरधनी दर्ता किताब बन्द(बुक क्लोज) रहने जनाएको छ। यस अर्थ मिति २०७८/०३/१४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार भई प्रचलित कानून बमोजिम संस्थाको शेयर रजिष्ट्रारमा प्राप्त विवरणको आधारमा कायम शेयरधनीहरु मात्र वार्षिक साधारण सभामा भाग लिन योग्य हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x