बलेनीको पानी पिउन बाध्य छन् च्युरिबोटवासी

ज्ञानमाण्डू।पश्चिम म्याग्दीको मालिका गाउँपालिका वडा नं ४ च्युरिबोटमा गत मङ्गलबार राति आएको पहिरोले पाइप बगाएपछि स्थानीय ४६ घरधुरीलाई खानेपानीको हाहाकार भएको छ । झेपेरधारामा गएको पहिरोले झेपेरखोला खानेपानी आयोजनाको पाइप बगाएपछि त्यहाँका स्थानीय तीन दिनदेखि खोला तथा बलेनीको धमिलो पानी खान बाध्य भएका दाजुङखोला लघु जलविद्युत् व्यवस्थापन समितिका अध्यक्ष नन्दबहादुर घर्तीले जानकारी दिए । 

अध्यक्ष घर्तीका अनुसार अविरल वर्षापछि गएको पहिरोले करिब ३० मिटर पाइप बगाउँदा खानेपानी अवरुद्ध भएको हो । सो खानेपानी आयोजनाबाट विद्यालय, २६ घरधुरी स्थायी र २० घरधुरीले अस्थायीरुपमा पिउँदै आएका छन् । च्युरिबोटका घुइलबोट, नालबाङ, दास्बाङ, पहिरोघर, बिसौनाबोट, बरनाचे बस्तीलगायत सिद्धार्थ माविमा खानेपानीको अभाव भएको छ । 

सो खानेपानीको आयोजना विदेशी संस्था ब्रिटिस बेलफेयरले २०५६ सालमा सहयोगमा निर्माण गरिएको हो । २०७४ मा भू–संरक्षणको रु ७० हजार सहयोग, स्थानीयको रु २५ हजार र श्रमदानमा मर्मत गरिएको थियो ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x