इन्जिनियरहरुलाई मेगा बैंकको विशेष सुविध, बिना धितो मेगा प्रोफेसनल लोन

ज्ञानमाण्डू।मेगा बैंक नेपाल लिमिटेडले नेपाल इन्जिनियर्स एशोसिएसनमा आबद्ध इन्जिनियरहरुलाई विशेष सुविधा दिने भएको छ ।

मेगा बैंक नेपाल लिमिटेडकी सिइओ अनुपमा खुञ्जेली र नेपाल इन्जिनियर्स एशोसियशनका अध्यक्ष इन्जिनियर प्रा.डा. त्रिरत्न बज्राचार्यले यस सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको बैंकले जानकारी दिएको छ । 

समझदारी अनुसार, इन्जिनियर्स एशोसियसनमा आबद्ध सदस्यहरुले मेगा प्रोफेसनल बचत खाता खोल्न सक्ने तथा खाता खोल्दा १० लाख रुपैंयासम्मको दुर्घटना बिमाको व्यवस्था गरिएको बैंकले उल्लेख गरेको छ । 

यसैगरी, इन्जिनियरहरुको पेशालाई सम्मान गर्दै बिना धितो १५ लाख रुपैयाँसम्म मेगा प्रोफेसनल लोन सुविधाका साथै अन्य विभिन्न सुविधाहरुको व्यवस्था गरिएको मेगा बैंकले यस प्रेस विज्ञप्तिद्वारा जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x