हिमालयन बैंकको खुद नाफा करिब २४ प्रतिशतले बढ्दा, प्रतिशेयर आम्दानी कति ?


ज्ञानमाण्डू। हिमालयन बैङ्कको नाफा २३.७६ प्रतिशतले बढेकाे छ । आ.व. २०७७/७८ को पहिलो त्रैमास सम्ममा बैङ्कले ३६ कराेड ५९ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को पहिलो त्रैमास सम्ममा बैंकले ४५ करोड २८ लाख रुपैयाँ माथि नाफा कमाएको देखिन्छ ।

१० अर्ब ६८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको हिमालयन बैङ्कले १ खर्ब ४२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ६ अर्ब ९४ करोड रुपैयाँ र संचित मुनाफा २ अर्ब ९३ कराेड रूपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १८.३४ प्रतिशतले बढेर १ अर्ब ११ करोड रुपैयाँ पुगेकाे छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको यस्तो आम्दानी ९३ करोड ८९ लाख रहेको थियो।

असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २ अर्ब ९३ करोड रुपैयाँ रहेको छ।

बैंककाे निष्कृय कर्जा अनुपात ०.५८ प्रतिशत र प्रतिशेयर आम्दानी १६ रुपैयाँ ९५ पैसा छ भने प्रतिशेयर नेटवर्थ १९२ रुपैयाँ ४९ पैसा र पछिल्लाे काराेबार मूल्य रू ४८४ काे आधारमा मूल्य आम्दानी अनुपात २८.६ गुणा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x