एन आई सी एशिया बैंकद्वारा बचत खातामा उपलब्ध घातक रोगको बीमा वापत ३ जना ग्राहकहरुलाई रू. ३० लाख बीमा रकम भुक्तानी



ज्ञानमाण्डू। एन आई सी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकमा बचत खाता खोलेका ३ जना ग्राहकहरुलाई घातक रोगको बीमा वापत प्रतिव्यक्ति रू. १० लाखको दरले कुल रू. ३० लाख बीमा रकम भुक्तानी गरेको छ । बीमा लाभ प्राप्त गर्नुहुनेमा यस बैंकको स्वयम्भु शाखामा सर्वश्रेष्ठ बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोलेको हरिन्द्र शाह तेली, जाजरकोट शाखामा सर्वश्रेष्ठ बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोलेको प्रचण्ड जंग शाह र थली शाखामा सर्वश्रेष्ठ कागेश्वरी मनोहरा नगरपालिका बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोलको सञ्जित तामाङ भएकाे
बैंकले जनाएकाे छ । निज लाभदायीहरुलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र चिफ स्ट्राटेजी अफिसर विशाल सिग्देलले संयुक्त रुपमा एक कार्यक्रमका बिच बीमा रकम बराबरको चेक हस्तान्तरण गरेकाे बैंकले जनाएकाे छ । बैंकले नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा बीमा रकम भुक्तानी गरेको बैंकले जनाएकाे छ

यस बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका १,१३७ जना भन्दा बढी ग्राहकहरूले घातक रोग बीमा वापत रू. २ करोड ४० लाख, दुर्घटना बीमा वापत रू. ४० लाख र मेडिकल बीमा वापत रू. २ करोड ६९ लाख गरी कुल रू. ५ करोड ४९ लाख भन्दा बढी बीमा रकम प्राप्त गरिसकेको
कम्पनीले जनाएकाे छ । बैंकले हाल सर्वाधिक उच्च ब्याजदर, पाँच वर्षसम्म निःशुल्क रू. ८४ लाखसम्मका ३ बीमा (१८ वटा घातक रोगहरूको बीमा, दुर्घटना बीमा र मेडिकल बीमा) सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू भएको सर्वश्रेष्ठ बचत खाता ग्राहकहरू सामू ल्याएको कम्पनीले जनाएकाे छ । 

यस बचत योजना अनुसार ग्राहकले प्राप्त गर्ने बीमा, कर्जा सम्बन्धी सुविधाहरू लगायत डेबिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड, डिम्याट खाता, मेरो शेयर खाता, ई–कमर्श नवीकरण, चेक क्लियरिङ, आरटिजिएस, आइपिएस/सी आइपिएस/फन्ड ट्रान्सफर, लकर मार्जिन, लकर सेवा र एटिएम सेवाहरू ग्राहक एवं निजले मनोनित गर्ने अन्य ३ व्यक्तिहरूका लागि समेत पाँच वर्षको लागि पूर्ण रुपमा निःशुल्क हुने व्यवस्था बैंकले गरेको कम्पनीले जनाएकाे छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x