पाकिस्तान विरुद्धको खेलमा अष्ट्रेलियाको जित कायमै

ज्ञानमाण्डू ।इंग्ल्यान्डमा जारी आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा बुधवार भएको खेलमा पाकिस्तानलाई ४१ रनले पराजित गर्दै एकदिवसिय विश्वकप क्रिकेटको साविक विजेता अष्ट्रेलियाले तेस्रो जित निकालेको छ ।अष्ट्रेलियाले दिएको ३०८ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तान ४५.४ ओभरमा अल आउट हुँदै २६६ रनमा समेटियो ।
पाकिस्तानका लागि इमाम उल हकले ५३ रनको अर्धशतकीय इनिङ्स खेले ।यस्तै मोहमद हाफिजले ४६, वाहब रियाजले ४५ तथा कप्तान सर्फराज अहमेदले ४० रन जोड्न सफल रहे । त्यस्तै, पाकिस्तानका लागि हसन अलीले ३२ रन जोड्दा बाबर आजमको ३० रनको योगदान रहे पनि पाकिस्तानलाई जीतको दिशा तर्फ मोड्न भने सकेनन् । 

अष्ट्रेलियालाई सहज जीत दिलाउन पाट कुमिन्सले ३ विकेट लिए । यस्तै केन रिचार्डसन र मिचेल स्टार्कले २२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको लागि चयन भएको अष्ट्रेलियाले ४९ ओभरमा अलआउट हुँदै ३०७ रन बनाएको थियो ।अष्ट्रेलियाका लागि एक बर्से प्रतिबन्धबाट फर्किएका डेभिड वार्नरले ११ चौका र १ छक्काको सहित १०७ रनको शतकीय इनिङ्स खेले । त्यस्तै, अष्ट्रेलियाका कप्तान आरोन फिन्चले ८२ रनको अर्धशतकिय इनिङ्स खेले । पहिलो विकेटका लागि कप्तान आरोन फिन्च र डेविड वार्नरले १४६ रनको साझेदारी गर्दै अष्ट्रेलियालाई उत्कृष्ट सुरुवात दिलाएका थिए । अन्य ब्याट्सम्यानले उल्लेख्निय रन जोड्न सकेनन् ।

यता, बलिङ्तर्फ पाकिस्तानका मोहमद आमिरले ५ विकेट हात पार्न सफल रहे भने शाहिन शाह अफ्रिदीले २ तथा हसन अलि,वहाव रियाज र मोहमद हफिजले समान ११ विकेट हात पारे ।

जितसंगै अष्ट्रेलियाले ४ खेलबाट ६ अंक जोडेको छ । र, अष्ट्रेलिया अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पाकिस्तानको भ्ने यो दोस्रो हार हो । आठौं स्थानको पाकिस्तानले ४ खेलबाट ३ अंक जोडेको छ। यो जितसंगै अष्ट्रेलियाले एकदिवसीयमा पाकिस्तान विरुद्धको जित कायम राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x