ज्याेति लाइफ इन्स्याेरेन्सको जीवन बीमा कोष २६७.२७ प्रतिशतले वृद्धि

ज्ञानमाण्डू। ज्याेति लाइफ इन्स्याेरेन्सको नाफा ६.९८ प्रतिशतले वृद्धि भएको छ । गत आ.व.को यसै अवधिमा कम्पनीले ६ करोड ४४ लाख नाफा कमाएको थियो भने अहिले ६ करोड ८९ लाख नाफा कमाएको देखिन्छ भने एक्चुरी मूल्याङ्कन पछि कम्पनीको नाफा बृद्धि हुने गरेको छ। 

१ अर्ब ५४ कराेड रुपैयाँ चुक्ता पुँजी रहेको ज्याेति लाइफ इन्स्याेरेन्सको खुद बीमा शुल्क आर्जन १३४.६९ प्रतिशतले वृद्धि भएर ३० करोड ९१ लाख १९ हजार रुपैयाँबाट ७२ करोड ५४ लाख ७३ हजार रुपैयाँ पुगेकाे छ ।

कम्पनीको जीवन बीमा कोष २६७.२७ प्रतिशतले वृद्धि भएर १ अर्ब २० करोड ८१ लाख ७८ हजार रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ३३ कराेड ४६ लाख ५० हजार रुपैयाँ र महाविपत्ती कोषमा ३ करोड ७२ लाख ३ हजार रुपैयाँ रहेको छ ।
 
कम्पनीले बीमा लेख संख्या ७ हजार ३ सय ३५ बाट बढाएर ९ हजार ९ सय ५५ पुर्याएको छ भने बीमा व्यवसाय भित्र्याउने अभिकर्तालाई १२ कराेड ३७ लाख ४९ हजार कमिसन प्रदान गरेकाे छ । कम्पनीकाे प्रतिशेयर आम्दानी ८ रुपैयाँ ९५ पैसा छ भने प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ १५ पैसा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x