धितोपत्र बजारमा १८.०३ अंकको वृद्धि, नेप्से परिसूचक २०२९.४३ को विन्दुमा


ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलव ०३ अंकले बढेर २०२९ दशमलव ४३ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक २ दशमलव ८३ अंकले बढेर ३८८ दशमलव ७६ को विन्दुमा पुगेको छ ।


आज कूल २११ कम्पनीका ३१ लाख ४२ हजार ४०२ कित्ता शेयर रु १ अर्ब ३१ करोड २९ लाख ६२ हजार ९५९ मा खरिद बिक्री भए ।


कारोबार भएका कूल १३ उपसमूह मध्य दुई उपसमूहको शेयर ओरालो लागेका छन् । बैंकिङ उपसमूह २ दशमलव ०१ अङ्कले बढ्दा होटल तथा पर्यटन उपसमूह १२९.०८ अङ्कले, विकास बैंक उपसमूह ३२.०३ अङ्कले, जलविद्युत उपसमूह २६.८३ अङ्कले, वित्त उपसमूह २२.५२ अङ्कले, निर्जीवन बीमा १०८.४९ अङ्कले, उत्पादन उपसमूह ३७.७२ अङ्कले, अन्य उपसमूह ३०.३१ अङ्कले, लघुवित्त उपसमूह ३०.२९ अङ्कले, जीवन बीमा उपसमूह ११७.०६ अङ्कले र लगानी उपसमूह १.०९ अङ्कले बढेको छ। यता, ट्रेडिङ उपसमूह शुन्य दशमलव ०२ अङ्कले र सामूहिक लगानी कोष शुन्य दशमलव ०४ अङ्कले घटेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x