ज्योति विकास बैंकको ज्योति स्मार्ट सेभिङ्ग्स बचत खाता: १ खाता मै ३ सुविधा


ज्ञानमाण्डू।ज्योति विकास बैंकले शुन्य मौज्दातमा बचत,निस्शुल्क डिम्याट र निस्शुल्क मेरो सेयर गरि एउटै खातामा ३ सुविधा भएको ज्योति स्मार्ट सेभिङ्ग्स बचत खातामा सर्वाधिक ५.७५% ब्याजदर निर्धारण गरेको छ।

बचत संगसंगै डिम्याट खाता र मेरो सेयर सुविधा लिई लगानी गर्न सहज तथा सरल गराउने उद्देश्यले ग्राहकहरुको लागि ज्योति स्मार्ट सेभिङ्ग्स खाता संचालनमा ल्याइएको बैंकले जानकारी दिएको छ। यस बचत खातामा ग्राहकहरुले शुन्य मौज्दातमै निस्शुल्क डिम्याट खाता,निस्शुल्क मेरोसेयर रजिस्ट्रेशन,निस्शुल्क सि(आस्वा, निस्शुल्क मोबाईल बैंकिंग सेवा, निस्शुल्क इन्टरनेट बैंकिंग सेवा र निस्शुल्क डेबिट कार्ड सुविधाहरु पाउन सक्ने बैंकले थप उल्लेख गरेको छ।

साथै यस बचत खातामा महिला निक्षेपकर्ताहरुको लागि ज्योति लकर सुविधा मा ५०% छुट पनि रहेको बैंकले जनाएको छ।ग्राहकहरुले ज्योति स्मार्ट सेभिङ्ग्स खाता आफूलाई पायक पर्ने नजिकको शाखा कार्यालयमा गई अथवा अनलाइन मार्फत् पनि खाता खोली आकर्षक ब्याजदर सहितको सुविधा लिन सक्ने बैंकले यस प्रेस विज्ञप्तिद्वारा जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x