विश्वकप छनोट : हारसँगै नेपालको निराशा जनक सुरुवात

ज्ञानमाण्डू।जारी आइसिसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलमा नेपाल कतारसँग पराजित भएको छ । सिङ्गापुरमा आयोजना भइरहेको टी-२० विश्वकप एसिया क्षेत्र छनोटको अन्तिम प्रतियोगितामा नेपालले कमजोर टोली कतारसँग ४ विकेटको निराशा जनक हार व्यहोर्नु परेको छ । मङ्गलवार भएको पहिलो खेलमा नेपालले दिएको १२३ रनको सामान्य लक्ष्य कमजोर प्रतिद्वन्द्वी ठहरिएको कतार कतारले १९ .२ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेपछि नेपाल ४ विकेटले पराजित भएको हो ।

कतारको जितमा इनाम उल हकको सर्वाधिक ४१ रनको योगदान रह्यो । कम्रान खानले २२ रन जोडे । त्यस्तै, जाहिर इब्राहिमले १२ रन जोड्दा मुहमद तानभिरले ११ रन बनाउन सफल रहे ।कतारका कप्तान तमोर सज्जाद ९ रनमा पवेलियन फर्किए । ओपनर फैसल खान १ रनमा क्याच आउट हुन पुगे । कतारका लागि मोहम्मद रिजन र नौमन सरवारले अविजित रहदै क्रमशः:९ र १५ रन बनाए ।

बलिङ तर्फ नेपालका सन्दीप लामिछानेले ३ विकेट लिएता पनि टोलीलाई हारबाट जोगाउन भने सकेनन् । यस्तै, करण केसीको नममा १ विकेट रह्यो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा अलआउट हुँदै १२२ रन बनाएको थियो । कतार विरुद्ध पहिलो विकेटका लागि कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले ४९ रनको उत्कृष्ट साझेदारी गरे पनि नेपालले सोचेको रन भने समेट्न सकेन । नेपालका कप्तान पारस खड्काको २८ रनको योगदान रह्यो भने उपकप्तान मल्ल २३ रनमा मैदानबाट फर्किए । नेपालका लागि दीपेन्द्रसिंह ऐरीको १ चौका र १ छक्का सहित सर्वाधिक ३४ रनको उल्लेख्निय योगदान रह्यो । यस्तै, सोमपाल कामीले ११, सन्दीप लामिछानेले ९ तथा शरद भेषवाकरले ७ रन जोडे । नेपालका अन्य ब्याट्सम्यन्हरुले उल्लेख्निय रन जोड्न भने सकेनन् ।

बलिङ तर्फ कतारका इकबाल हुसेनले ३ विकेट लिए ।त्यस्तै, तमोर साजाद र नुमान सर्वारको नाममा २-२ विकेट रह्यो । कतारका लागि इनाम उल हकले थप १ विकेट लिएका थिए ।

हारसँगै नेपालको ग्लोबल छनोटमा पुग्ने सम्भावना कमजोर बनेको छ भने कतारले आफ्नो पहिलो जित हात पार्न सफल भएको छ । नेपालले दोस्रो खेल भोलि बुधवार मलेसियासँग खेल्नेछ । त्यस्तै, कुवेतसँग शनिवार र नेपालले आइतबार सिङ्गापुरसँग खेल्नेछ ।

प्रतियोगितामा नेपालसहित आयोजक सिङ्गापुर, मलेसिया, कतार र कुवेतले प्रतिस्पर्धा गरिरहेका छन् । फाइनलको विजेता टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् । अंकविहीन नेपाल तालिकाको पुछारमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x