वैदेशिक रोजगारीमा जाने नेपालिको सङ्ख्यामा उल्लेख्य वृद्धि, साउदी अरेबिया प्रमुख गन्तव्य


ज्ञानमाण्डू। चालु आर्थिक वर्षको चौथो महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैज्ञानिकीकरण) लिने नेपालीको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भएको छ। नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको कात्तिक महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ९६,३८२ पुगेको छ। त्यसै गरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ११,६२८ पुगेको छ।

अघिल्लो आ.व. वर्षको सोही अवधिको तुलनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या २६८३.२ प्रतिशतले वृद्धि भएको देखिन्छ । कोरोनाको प्रकोप र जारी निषेधाज्ञाका कारण वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्यामा ठुलो प्रभाव परेको देखिन्छ। गत आ.व.को चौथो महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैज्ञानिकीकरण) लिने नेपालीको सङ्ख्या मात्र ३,४६३ रहेको तथ्याङ्कले देखाएको छ । यता, आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्म जम्मा ७२,०८१ जना नेपालीले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका थिए। चालु आर्थिक वर्षको कात्तिक महिनामा वैदेशिक रोजगारीका लागि जाने नेपालीहरुको प्रमुख गन्तव्य साउदी अरेबिया, कतार, युएई, बहराइन र रोमेनिया रहेको तथ्यांकले देखाएको छ।



साउदी अरेबिया वैदेशिक रोजगारीका लागि सर्वाधिक श्रम स्वीकृति लिइने मुलुक भएको छ। चालु आर्थिक वर्षको चौथो महिनामा साउदी अरेबियाका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ४२,९४५ रहेको छ। त्यस्तै, सर्वाधिक श्रम स्वीकृति लिइने अर्को मुलुक कतार रहेको छ। चालु आर्थिक वर्षको चौथो महिनामा कतारका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ३२,१३३ रहेको छ। यता, युएईका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या १२,१२२, बहराइनका लागि १,४४३ र रोमेनियाका लागि १,४३२ रहेको छ।

त्यसै गरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या चालु आर्थिक वर्षको चौथो महिनामा २४९.१ प्रतिशतले वृद्धि भएको छ। गत आ.व.को चौथो महिनामा वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या मात्र १७,१०८ रहेको तथ्याङ्कले देखाएको छ । यता, आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्म जम्मा ९४,६१८ जना नेपालीले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका थिए। चालु आर्थिक वर्षको कात्तिक महिनामा वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने  नेपालीहरुको प्रमुख गन्तव्य कतार, युएई, साउदी अरेबिया, कुवेत र बहराइन रहेका छन् ।



कतार वैदेशिक रोजगारीका लागि सर्वाधिक पुनः श्रम स्वीकृति लिइने मुलुक रहेको छ। चालु आर्थिक वर्षको चौथो महिनामा कतारका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या २७,१११ रहेको छ। त्यस्तै, वैदेशिक रोजगारीका लागि सर्वाधिक पुनः श्रम स्वीकृति लिइने अर्को मुलुक युएई रहेको छ। चालु आर्थिक वर्षको चौथो महिनामा युएईका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या १६,३४६ रहेको छ। यता, सोहि अवधिमा साउदी अरेबियाका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ११,१४९ , कुवेतका लागि १,५६१ र बहराइनका लागि ८७८ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x