एलआइसी नेपाल र सिन्धु बिकास बैंक बीच बीमा सेवा सम्झौता

ज्ञानमाण्डू। लाईफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लि. र सिन्धु बिकास बैंक लिमिटेड बीच बीमा सेवा सम्वन्धी सम्झौता भएको छ ।

सम्झौता पत्रमा लाईफ इन्स्योरेन्स कर्पोरेसनका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद दास र सिन्धु बिकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशीले हस्ताक्षर गरेका छन् ।

बीमा सेवा सम्झौता पश्चात सिन्धु बिकास बैंकका सम्पूर्ण ग्राहकहरुले लाईफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लि. का बीमालेखहरु लिन, बीमा शुल्क भुक्तानी गर्न तथा बीमा दाबी भुक्तानी सम्बन्धी सम्पूर्ण सुविधाहरु उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले प्राप्त गर्न सक्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x