“९% सांग्रिला डेभेलपमेण्ट बैंक डिवेञ्चर २०८७ ” बिक्री खुला


ज्ञानमाण्डू।सांग्रिला डेभेलपमेण्ट बैंक लिमिटेडले आज अषाढ ०६ गतेदेखि “९% सांग्रिला डेभेलपमेण्ट बैंक डिवेञ्चर २०८७ ” नामक ऋणपत्र बिक्री खुला गरेको छ।

बैंकले रु.७५ करोड बराबरको, रु. १,००० प्रति ऋणपत्र अंकित मूल्यका दरले कुल ७ लाख ५० हजार कित्ता हुन आउने ऋणपत्र निष्काशन गरेको हो । बैंकले निष्काशन गरेको कुल ऋणपत्रमध्ये ४५ करोड रुपैयाँ बराबरको ४ लाख ५० हजार कित्ता ऋणपत्र विभिन्न व्यक्ति तथा संघ संस्थाहरु लाई व्यक्तिगत (Private Placement) तवरबाट बिक्री गर्नेछ । बाँकी रहेको ३० करोड रुपैयाँ बराबरको कुल ३ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि बिक्री खुला भएको हो । त्यस्तै, बैंकले सर्वसाधारणका लागि निष्काशन गरेको ३ लाख कित्ता ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।

सांग्रिला डेभेलपमेण्ट बैंक लिमिटेडले निष्काशन गरेको “९% सांग्रिला डेभेलपमेण्ट बैंकडिवेञ्चर २०८७ ” नामक ऋणपत्रको अवधि १० वर्षको हुने छ । वार्षिक ९ प्रतिशतका दरले लगानीकर्ताहरुलाई उक्त ऋणपत्र बापत अर्धवार्षिक रुपमा(६/६ महिनामा साउन १ र माघ १ गते)मा ब्याज भुक्तानी गरिने बैंकले जनाएको छ । यस ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक सम्बन्धी कार्यका लागि एनआईबिएल एस क्यापिटल लिमिटेड नियुक्त भएको छ।

सांग्रिला डेभेलपमेण्ट बैंक बैंकद्धारा जारी गरिएको यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण अर्थात ३ लाख कित्तासम्म आवेदन दिन सकिने छ । ऋणपत्र बिक्री छिटोमा अषाढ ९ गतेसम्म बन्द हुने गरी तोकिएको छ । यस्तै, पर्याप्त आवेदन प्राप्त नभए ऋणपत्र बिक्री ढिलोमा अषाढ २० गते सम्म लम्बिने छ ।

यस बैंकलाई ICRA Nepal Limited ले Moderate Credit Risk जनाउने “[ICRANP - IR] BB+l" (Pronounced as ICRA NP Double B Plus) ग्रेडिङ्ग मिति २०७७/१०/२२ मा प्रदान गरेको छ । उक्त क्रेडिट रेटिङ्ग प्राप्त संस्थालाई समयमानै वित्तीय दायित्व पूरा गर्ने तथा कर्जा जोखिम मध्यम भएको संस्थाको रुपमा लिइन्छ । इक्रा नेपाल लिमिटेडले "(ICRANP-IR)AA" देखि "(ICRANP-IR) C" सम्मको ग्रेडिङ्ग प्रदान गर्दछ । जसमा ग्रेड "ICRANP AA" ले सकारात्मक आधार जनाउँछ भने "ICRA-NP C" ले नकारात्मक आधारहरू जनाउँछ । उक्त रेटिङ्गको समयावधि रेटिङ्ग प्रदान गरिएको मितिबाट १२ महिनासम्म कायम रहनेछ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त आस्वा(ASBA) सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर “मेरो शेयर” अनलाइन प्रयोग गरी सिआस्वा(CASBA) प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x