‘एक विद्यालय एक नर्स’

ओखलढुंगा, प्रदेश नं १ का केही विद्यालयमा परीक्षणको रूपमा सञ्चालन गरिएको ‘एक विद्यालय एक नर्स कार्यक्रम’ ओखलढुङ्गाका पाँच स्थानीय तहमा लागू गरिने भएको छ ।  जिल्लाको खिजीदेम्बा गाउँपालिकास्थित कुण्डली मावि खिजीकाती, मोलुङस्थित कुन्तादेवीको सरस्वती मावि बुङ्नाम, चिशङ्खुगढीस्थित सरस्वती मावि खानीभञ्ज्याङ र सुनकोशी गाउँपालिकास्थित कटुञ्जे मावि कटुञ्जे र मानेभञ्ज्याङस्थित हर्कपुर मावि टोक्सेलमा यो कार्यक्रम लागू गरिएको हो ।  

प्रत्येक स्थानीय तहमा एक/एक जनाको दरले १३ वटै जिल्लाका स्थानीय तहका लागि नर्स नियुक्ति गर्ने योजना रहेको प्रदेश नं । १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।  प्रदेश नं १ का भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङको पहलमा यसअघि नै लिखु गाउँपालिकाको सिंहदेवी र सिद्धिचरण नगरपालिकाको रुम्जाटारमा यो कार्यक्रम लागू भइसकेको छ । 

विद्यालयमा नियुक्तिपछि नर्सहरुले विद्यार्थीलाई स्वास्थ्य सेवा प्रदान गर्नुका साथै विद्यार्थीलाई स्वस्थ्य जीवनशैली तथा सरसफाइलगायत स्वच्छ वातावरण निर्माणका लागि उत्प्रेरित गर्नेछन् । विद्यार्थीमार्फत समुदायमा स्वास्थ्यसम्बन्धी जनचेतनाको काम गराउने र बालिका, किशोरीमा देखिने विभिन्न समस्याको निगरानी गर्ने, उपचारमा सहयोग गर्ने तथा स्वास्थ्य शिक्षा प्रदान गर्ने सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विद्यालयमा स्वास्थ्यकर्मी र आधारभूत स्वास्थ्योपचारसहितको सेवा प्रभावकारी बनाइने खिजीदेम्बा– ४ का वडाध्यक्ष कमल न्यौपानेले बताए । “विद्यालयमा स्वास्थ्यकर्मी हुँदा विद्यार्थीका स्वास्थ्य समस्या समाधान र परामर्शका लागि सहज हुनेछ”, उनले भने, “प्रदेश सरकारको यो कार्यक्रममा हाम्रो वडाको माविलाई समावेश गर्न राज्यमन्त्रीमार्फत प्रक्रिया अघि बढाइएको थियो । कार्यक्रम आयो अब यसलाई उच्चतम् सदुपयोग गरेर प्रभावकारी बनाउन हामी लाग्छौँ ।” जिल्लाका अन्य विद्यालयले पनि यो कार्यक्रम शुरु गर्न माग गरिरहेका छन् ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x