भाद्र अन्त्यसम्म विकास बैंकहरुले कमाए १ अर्ब अधिक नाफा, ५ विकास बैंक अझै घाटामा



ज्ञानमाण्डू। चालु आर्थिक वर्षको भाद्र महिनासम्म आइपुग्दा विकास बैंकहरुले १ अर्ब रुपैयाँ अधिक नाफा कमाउन सफल भएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार भाद्र महिनामा १३ वटा विकास बैंकहरुले १ अर्ब २७ करोड रुपैयाँ खुद नाफा कमाएका छन् भने ४ वटा विकास बैंक चालु आर्थिक वर्षको भाद्र महिनासम्म आइपुग्दा पनि घाटामा नै रहेको देखिएको छ।अघिल्ले महिना अर्थात साउनमा जम्मा १४ वटा विकास बैंकहरुले ६४ करोड ९२ लाख रुपैयाँ नाफा कमाएका थिए। साउनको तुलनामा विकास बैंकहरुको नाफा भाद्रमा ६२ करोड ९२ लाख रुपैयाँ बढेको हो।

गत आर्थिक वर्षको पहिलो महिना अर्थात २०७७ साल भाद्र महिनासम्म आइपुग्दा विकास बैंकहरुले १ अर्ब रुपैयाँ अधिक नाफा कमाएका थिए। समिक्षा अवधिको तुलनामा यस आर्थिक वर्षको भाद्र महिनाको अन्त्यसम्ममा उक्त बैंकहरुको नाफा झन्डै २७ प्रतिशतले बढेको देखिन्छ । त्यस्तै, साउन महिनामा नाफा कमाएका १३ विकास बैंकले औषतमा ७ करोड १० लाख रुपैयाँ नाफा कमाएको देखिन्छ । यता, भाद्र महिनासम्म आइपुग्दा ५ वटा विकास बैंक ११ करोड ६३ लाख अधिक घाटामा रहेका केन्द्रिय बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ।

  • सर्वाधिक नाफा कमाउनमा मुक्तिनाथ विकास बैंक नै अगाडि, कुन विकास बैंकको नाफा कति छ?
चालु आर्थिक वर्षको भाद्र महिनासम्ममा मुक्तिनाथ विकास बैंक सर्वाधिक नाफा कमाउने विकास बैंक भएको छ । मुक्तिनाथ विकास बैंकले यस आर्थिक वर्षको भाद्र महिनासम्म आइपुग्दा ३१ करोड अधिक नाफा कमाएको देखिन्छ। यसैगरी ज्योति विकास बैंकले पनि झन्डै २० करोड नाफा कमाएको छ। सो बैंकले चालु आर्थिक वर्षको भाद्रसम्ममा १९ करोड नाफा कमाएको छ। गरिमा विकास बैंकले चालु आर्थिक वर्षको भाद्र महिनासम्म आइपुग्दा १५ करोड, कामना सेवा विकास बैंकले १४ करोड १९ लाख, लुम्बिनी विकास बैंकले १४ करोड ८ लाख, साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १२ करोड र सांग्रिला डेभलपमेन्ट बैंकले ८ करोड अधिक नाफा कमाएका छन् ।

यस अनुसार, चालु आर्थिक वर्षको भाद्र महिनामा नाफा कमाएका १४ विकास बैंक मध्ये ७ वटा विकास बैंकहरुले औषत भन्दा धेरै नाफा कमाउन सफल भएको देखिन्छ।

त्यसै गरि, यस आर्थिक वर्षको भाद्र मसान्तसम्ममा महालक्ष्मी विकास बैंकले ५ करोड, एक्सेल डेभलपमेन्ट बैंकले ३ करोड, मितेरी डेभलपमेन्ट बैंकले १ करोड ८६ लाख , सप्तकोशी डेभलपमेन्ट बैंकले १ करोड ३९ लाख, कर्णाली डेभलपमेन्ट बैंकले १ करोड १६ लाख र ग्रिन डेभलपमेन्ट बैंकले ५२ लाख रुपैयाँ नाफा कमाएको तथ्यांकले देखाएको छ।

  • सर्वाधिक घाटामा सिन्धु विकास बैंक , कुन विकास बैंकको घाटा कति छ?
चालु आर्थिक वर्षको भाद्र अन्त्यसम्म सिन्धु विकास बैंक सर्वाधिक घाटामा रहेको तथ्यांकले देखाएको छ। उक्त बैंक चालु आर्थिक वर्षको  भाद्र महिनासम्म आइपुग्दा ९ करोड ८७ लाख अधिक घाटामा रहेको देखिएको छ। त्यस्तै, यस आर्थिक वर्षको भाद्र मसान्तसम्म सहारा विकास बैंक ७१ लाख, नारायणी डेभलपमेन्ट बैंक ३६ लाख, कर्पोरेट डेभलपमेन्ट बैंक ३५ लाख र  सालपा विकास बैंक ३२ लाख अधिक घाटामा रहेको छ। 


    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x