विशेषज्ञ चिकित्सक नहुँदा सघन उपचार कक्ष ठप्प

ज्ञानमाण्डू।जिल्ला अस्पताल उदयपुरमा विशेषज्ञ चिकित्सक नहुँदा सेवाग्राहीले जटिल रोगमा उपचार पाउन सकेका छैनन् । करोडौँ रुपैयाँ खर्च गरेर अस्पतालमा भेन्टिलेटरसहितका सघन उपचार कक्ष निर्माण गरिए पनि विशेषज्ञ डाक्टरको अभावले गर्दा बिरामीले सो सुविधा लिन नपाएको गुनासो गरेका छन् ।

स्वास्थ्य मन्त्रालयको रु एक करोडको सहयोगमा तीन महिनाअघि मात्र अस्पतालमा भेन्टिलेटरसहित पाँच शय्याको सघन उपचार कक्ष निर्माण गरिएको थियो । अस्पतालले विशेषज्ञ चिकित्सकसहित प्राविधिकको अहिलेसम्म व्यवस्थापन गर्न नसक्दा सघन उपचार कक्ष प्रयोगविहीन अवस्थामा रहेको अस्पतालका कर्मचारी बताउँछन् । 

जिल्ला अस्पताल उदयपु्रका प्रमुख डा जीवनारायण मण्डलका अनुसार अस्पतालमा सघन उपचार कक्ष सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको रु एक करोडबाट दुई वटा भेन्टिलेटर मेसिन जडान गरिएको छ । तर विशेषज्ञ चिकित्सकको व्यवस्थापन हुन नसक्दा अहिलेसम्म सघन उपचार कक्ष सञ्चालनमा आउन सकेको छैन् । सघन उपचार कक्ष सञ्चालनका लागि एक विषय विशेषज्ञ र अन्य तालीम प्राप्त प्राविधिक नर्सहरुको व्यवस्थापन हुन नसक्दा प्रयोगविहीन अस्थामा रहेको अस्पताल प्रशासकीय अधिकृत बिर्खबहादुर खत्रीले बताए । 

अधिकृत खत्रीले विशेषज्ञ चिकित्सकको व्यवस्थापनका लागि प्रदेश सरकारसँग पटक पटक अनुरोध गरिएपनि हालसम्म व्यवस्थापन हुन नसकेको बताउँदै विशेषज्ञ चिकित्सक नहुँदा अस्पतालको सघन उपचार कक्ष ठप्प छ । सघन उपचार कक्ष ठप्प हुँदा यहाँ आएका जटिल रोगका बिरामीलाई अन्यत्र पठाउने गरिन्छ । हिजोआज अस्पतालमै पुगेर सेवा लिनुपर्छ भन्ने मानसिकताको विकास भइरहेका बेला विशेषज्ञ डाक्टरबाट घर नजिक पायक ठाउँमा सेवा सुविधा नपाउँदा अन्यत्र भौंतारिनुपर्ने बाध्यता उदयपुरवासीलाई छ । 

आकस्मिक सेवाका लागि अस्पतालबाट अन्यत्र पठाइएका बिरामीलाई समयमा पु¥याउन नसक्दा अकालमै ज्यान गुमाउनुपर्ने अवस्था पनि छ । वर्षायामका बेला सडक समस्याका कारण वर्षेनी नागरिकले उपचारमा कष्ट भोग्दै आएका छन् । “विशेषज्ञ चिकित्सक नहुँदा अस्पतालले तोकेअनुसारको सेवा दिन सकेका छैनौं”, प्रमुख डा मण्डलले भने , “विशेषज्ञ चिकित्सको व्यवस्थापनका लागि आवश्यक पहल गरिरहेका छौं ।” 

सघन उपचार कक्ष सञ्चालनमा नआउँदा यहाँका बिरामीलाई धरान, विराटनगर, जनकपुरलगायत अस्पतालमा पठाउनुपर्ने बाध्यता रहेको जिल्ला अस्पताल विकास समितिका पूर्वअध्यक्ष तथा समाजसेवी शिव रेग्मीले बताए ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x