यूनियन हाइड्रोपावरको १३ औँ र १४ औँ वार्षिक साधारण सभा अषाढ २५ गते, बुक क्लोज कहिले ?


ज्ञानमाण्डू।यूनियन हाइड्रोपावर लिमिटेडले  आगामी २०७८ साल अषाढ २५ गते, शुक्रबारका दिन १३ औँ र १४ औँ वार्षिक साधारण सभा गर्ने भएको छ । हाइड्रोपावरले सो सभा बिहान ११:०० बजे पश्चात् आरम्भ हुने जानकारी दिएको छ। यूनियन हाइड्रोपावर लिमिटेडको जेष्ठ २३ गतेका दिन बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभाको मिति तय भएको हो ।

कम्पनीको १४ औँ वार्षिक साधारण सभाबाट सञ्चालकहरुको निर्वाचन गरी नयाँ सञ्चालक समिति गठन गर्ने लगायतका कार्यसूची रहेको हाइड्रोपावरले जानकारी दिएको छ। 

१३ औँ र १४ औँ वार्षिक साधारण सभा प्रयोजनका लागि यूनियन हाइड्रोपावर लिमिटेडले मिति २०७८/०३/१५ गतेका दिनदेखि मिति २०७८/०३/२५ गतेका दिनसम्म संस्थाको शेयरधनी दर्ता किताब बन्द(बुक क्लोज) रहने जनाएको छ। यस अर्थ मिति २०७८/०३/१४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार भई प्रचलित कानून बमोजिम संस्थाको शेयर रजिष्ट्रारमा प्राप्त विवरणको आधारमा कायम शेयरधनीहरु मात्र वार्षिक साधारण सभामा भाग लिन योग्य हुने छन् ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x