सर्ट सर्किटबाट बच्नको लागि मङ्गलम वायर सेफ


 

ज्ञानमाण्डू। अहिलेको आधुनिक युगमा विद्युत बिनाको दैनिकी कल्पना पनि गर्न सकिँदैन । विद्युतले जीवन सहज अवश्य बनाएको छ, तर सानो–सानो असावधानीले पनि ठुलो–ठुलो दुर्घटनाहरु घटेका समाचारहरु पनि नियमित रुपमा आइरहन्छन् । विद्युत शर्ट भएर आगलागी भएको घटनाहरु हाम्रो लागि कुनै नौलो हैन । यस्ता दुर्घटनाहरुले मानिसको अंग–भंग हुनेदेखि लिएर ज्यानै जाने र आर्थिक हिसाबमा पनि ठुलो रकमको धन–जनको क्षति हुनुको साथै कारोबार नै बन्द गर्नुपर्ने सम्मको स्थिति आउन सक्छ । 

 
यस्ता धेरै समस्याको मुख्य कारण भनेको नै घर बनाउँदा वायरिङ्गको लागि प्रयोग गरिने पाइपको सहि छनोट गर्न नसक्नु नै हो । एक त नेपाली बजारमा यस्ता दुर्घटनाहरुबाट जोगाउने आधुनिक र सुरक्षित उत्पादनहरु नै त्यति उपलब्ध थिएन बजारमा र अहिले उपलब्ध उत्पादनको बारेमा पनि खासै धेरै मानिसहरुलाई थाहा छैन । त्यसैले उनीहरुले वायरिङ्गकै लागि बनेको वायरसेफ पाइप प्रयोग गर्नुको सट्टा खानेपानीको लागि प्रयोग हुने पाइप अथवा अर्को कालो एच्डिपिइ पाइप प्रयोग गर्ने गर्दछन् । तर यस्तो पाइपहरु वायरिङ्गको लागि बनेको नहुने हुँदा शर्ट सर्किट भएको खण्डमा यस्तो पाइपहरुले सुरक्षा दिन सक्दैनन् ।

 
उपभोक्ताहरुको सुरक्षालाई ध्यानमा राखेर यस्ता दुर्घटनाहरु कम गर्ने मुख्य उद्धेश्यको साथ मंगलम उद्योगले मंगलम वायरसेफ बजारमा ल्याएको जनाएकाे छ । यी पाइपहरु विद्युतको कुचालक भएको हुँदा यिनीहरु अग्नी प्रतिरोधी छन् । वायरसेफको मुख्य विशेषता भनेको यसमा भएको फायर रिटार्डेन्ट लो स्मोक (FRLS) प्रविधि हो जसले गर्दा तारहरु शर्ट भइहाले पनि आगो पाइप भित्रै निभ्छ र बाहिर फैलिन पाउँदैन । भन्नुको मतलब यी पाइपहरु प्रयोग गरेपछि आफ्नो घरमा विद्युत शर्ट सर्किट भएर आगलागी हुने डरबाट सँधैको लागि मुक्त भइने समेत कम्पनीले बताएकाे छ । यिनीहरुको जोइन्ट र फिटिङ्स स्लिप–अन सल्भेन्ट वेल्डेड कनेक्सनले बनेको हुँदा वायरिङ्ग गर्न सजिलो हुनुका साथै छोटो समयमा नै बलियोसँग जोडिन्छन् । यसको साथै यिनीहरु कोरोजन रेसिस्टान्ट भएको हुनाले धेरै टिकाउ हुने हुन्छन् जसले गर्दा मर्मत सम्भारको खर्च पनि स्वतः कम हुन्छ । यी पाइपहरु वजनमा धेरै हल्का र किफायती साथै वातारणमैत्री पनि रहेकाे कम्पनीले जनाएकाे छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x