चालु आ.व.को चार महिनामा विकास बैंकहरुले आर्जन गरे २ अर्ब अधिक नाफा, ५ विकास बैंक अझै घाटामा


ज्ञानमाण्डू। चालु आर्थिक वर्षको कात्तिक महिनासम्म आइपुग्दा विकास बैङ्कहरूले सवा २ अर्ब रुपैयाँ अधिक नाफा कमाउन सफल भएका छन्। नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कात्तिक महिनामा १२ वटा विकास बैङ्कहरूले २ अर्ब १५ करोड रुपैयाँ खुद नाफा कमाएका छन् भने ५ यस्ता बैङ्क चालु आर्थिक वर्षको कात्तिक महिनासम्म आइपुग्दा पनि घाटामा नै रहेको देखिएको छ। अघिल्लो महिना अर्थात् असोजमा जम्मा १४ वटा विकास बैङ्कहरूले १ अर्ब ६२ करोड रुपैयाँ नाफा कमाएका थिए। असोजको तुलनामा विकास बैङ्कहरूको नाफा कात्तिकमा ५३ करोड ५३ लाख रुपैयाँ अर्थात् ३२.९८ प्रतिशतले वृद्धि भएको देख्न सकिन्छ।

गत आर्थिक वर्षको अर्थात् २०७७/७८ साल कात्तिक महिनासम्म आइपुग्दा विकास बैङ्कहरूले १ अर्ब ६९ रुपैयाँ अधिक नाफा कमाएका थिए। समीक्षा अवधिको तुलनामा यस आर्थिक वर्षको कात्तिक महिनाको अन्त्यसम्ममा उक्त बैङ्कहरूको नाफा २७ दशमलव २७ प्रतिशतले बढेको देखिन्छ । त्यस्तै, असोज महिनामा नाफा कमाएका १२ विकास बैङ्कले औसतमा १२ करोड ७० लाख रुपैयाँ नाफा कमाएको देखिन्छ । यता, कात्तिक महिनासम्म आइपुग्दा ५ वटा विकास बैङ्क १२ करोड ९३ लाख अधिक घाटामा रहेका केन्द्रीय बैङ्कले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ।

  • सर्वाधिक नाफा कमाउनमा मुक्तिनाथ विकास बैङ्क नै अगाडि, कुन विकास बैङ्कको नाफा कति छ?

चालु आर्थिक वर्षको कात्तिक महिनासम्ममा मुक्तिनाथ विकास बैङ्क सर्वाधिक नाफा कमाउने विकास बैङ्क भएको छ । मुक्तिनाथ विकास बैङ्कले यस आर्थिक वर्षको कात्तिक महिनासम्म आइपुग्दा ३९ करोड अधिक नाफा कमाएको देखिन्छ जुन पछिल्लो महिना अर्थात् यही आर्थिक वर्षको असोज महिनाको तुलनामा १३.५६ प्रतिशतको वृद्धि हो। गत महिना बैङ्कले ३४ करोड ५६ लाख रुपैंया मुनाफा आर्जन गरेको तथ्याङ्कले जनाएको छ।

यसै गरी यसै गरी सर्वाधिक नाफा आर्जन गर्ने सफल अर्को विकास बैङ्क गरिमा विकास बैङ्क रहेको छ। । सो बैङ्कले चालु आर्थिक वर्षको कात्तिकसम्ममा ३० करोड अधिक नाफा कमाएको छ। सोही अवधिमा महालक्ष्मी विकास बैङ्कले २८ करोड मुनाफा आर्जन गर्दा ज्योति विकास बैङ्क र लुम्बिनी विकास बैङ्क दुवैले २७ करोड नाफा कमाएका छन्।

समीक्षा अवधिमा कामना सेवा विकास बैङ्कले २३ करोड मुनाफा आर्जन गर्दा साइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कले २१ करोड नाफा कमाउन सफल भएको तथ्याङ्कले जनाएको छ। केन्द्रीय बैङ्कबाट उपलब्ध तथ्याङ्कलाई आधार मान्दा चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा नाफा कमाएका अधिकांश विकास बैङ्क मध्ये उल्लेखित ७ यस्ता बैङ्कहरूको मुनाफा औसत भन्दा धेरै रहेको देखिन्छ भने सोही वर्गका बाँकी अन्य संस्थाले समीक्षा अवधिमा औसत भन्दा कम नाफा कमाएको देखिन्छ।

त्यसै गरी, यस आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा सांग्रिला डेभलपमेन्ट बैङ्कले १० करोड, मितेरी डेभलपमेन्ट बैङ्कले ३ करोड र कर्णाली डेभलपमेन्ट बैङ्कले २ करोड १६ लाख रुपैयाँ नाफा कमाएको तथ्याङ्कले देखाएको छ।

  • सर्वाधिक घाटामा सप्तकोसी डेभलपमेन्ट बैङ्क , कुन विकास बैङ्कको घाटा कति छ?

चालु आर्थिक वर्षको कात्तिक अन्त्यसम्म सप्तकोसी डेभलपमेन्ट बैङ्क सर्वाधिक घाटामा रहेको तथ्याङ्कले देखाएको छ। उक्त बैङ्क चालु आर्थिक वर्षको कात्तिक महिनासम्म आइपुग्दा ११ करोड १ लाख रुपैंया अधिक घाटामा रहेको देखिएको छ जुन पछिल्लो महिना अर्थात् यही आर्थिक वर्षको असोज महिनाको तुलनामा ०.६२ प्रतिशतको वृद्धि हो। गत महिना बैङ्कले ११ करोड ८ लाख रुपैंया घाटामा रहेको तथ्याङ्कले जनाएको छ।

त्यस्तै, यस आर्थिक वर्षको कात्तिक मसान्तसम्म एक्सेल डेभलपमेन्ट बैङ्क ५७ लाख, सिन्धु विकास बैङ्क ३० लाख, नारायणी डेभलपमेन्ट बैङ्क २८ लाख र सालपा विकास बैङ्क ५ लाख अधिक घाटामा रहेको छ।

सहारा विकास बैङ्क र गरिमा विकास बैङ्क एक आपसमा गाभ्ने गाभिने प्रक्रिया सफलताका साथ समापन भए पश्चात् गत कात्तिक २८ गते देखि उक्त दुई बैङ्कले एकीकृत कारोबार सुरुवात गरिसकेका छन्। गरिमा विकास बैङ्कले सहारा विकास बैङ्कलाई १:१ को स्वाप अनुपातमा प्राप्ति गरेको हो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x