रेखा र गोकुलले पाए आइएमईको अफर अन्तर्गत पठाइएको चार गुणा बढी रकम



ज्ञानमाण्डू। आइएमई मनिट्रान्स्फरको दशैंतिहार विशेष डबलको डबलको डबल अफर अन्तर्गत असोज महिनाको विजेता सार्वजनिक भएको छ । सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत शुक्रबार भएको छनोटमा सेवाग्राही द्वय रेखा राई र गोकुल थापा मगर विजेता घोषित भएका हुन् ।

रेखा र गोकुलले आफुले पठाएको रकमको चार गुणा बढी रकम पाएका छन् । विजेताहरूले अमेरिकास्थित रिया फाइनान्सियल सर्भिस र युएईस्थित अल अन्सारी एक्सचेन्जमार्फत आइएमईबाट अफर अवधिमा क्रमशः ३२ हजार ९ सय ८६ र ४१ हजार २ सय २२ रूपैयाँ नेपालमा रहेका आफन्तलाई पठाएका थिए । कम्पनीले जितेको रकम विजेता वा निजको सिफारिसमा उनीहरुको निकटका आफन्तलाई प्रदान गर्ने जनाएको छ ।

यस्तै कम्पनी तेस्रो हप्ता र चौथो हप्ताका विजेताहरू समेत घोषणा गरेको छ । साप्ताहिक विजेता अन्तर्गत सुनिल मगर, छत्र बहादुर जिमी, विकास खजुम र भानु आचार्य छनोट भएका कम्पनीले जनाएको छ । उनीहरूले पठाएको रकमको दोब्बर रकम उपहार स्वरूप प्राप्त गरेका छन् ।

आइएमईले सार्वजनिक गरेको पर्व लक्षित डबल डबलको डबल अफर गत असोज १ देखि कार्तिक २६ गतेसम्म गरी कूल ५७ दिनका लागू हुने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x