साफ यू १५ का लागि नेपाली टोलीको घोषणा

ज्ञानमाण्डू।भारतमा आयोजना हुने साफ यू-१५ फुटबल च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले २३ सदस्यीय टोलीको घोषणा गरेको छ । यू १५ च्याम्पियनसिप भारतको कल्याणीमा भदौ ४ देखि १४ गते सम्म आयोजना हुनेछ । मुख्य प्रशिक्षक सुनिल श्रेष्ठ, सहायक प्रशिक्षक राज कुमार केसी र गोलकिपर प्रशिक्षक विनोद महर्जनले ५२ खेलाडीबाट २३ सदस्यीय टोलीको घोषणा गरेका हुन्।

प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, बंगलादेश र भुटान गरि पाँच राष्ट्रको सहभागिता रहने छ । नेपालले प्रतियोगिताको पहिलो खेल आयोजक भारतसँग अगष्ट २१ मा खेल्नेछ । नेपाल आफ्नो दोस्रो खेलका लागि अगष्ट २३ मा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै,नेपालले अगष्ट २७ मा तेस्रो खेल बंगलादेशसँग खेल्नेछ भने नेपालको अन्तिम प्रतिस्पर्धा भुटानसँग अगष्ट २९ मा हुनेछ ।  

राउन्ड रोविन आधारमा सञ्चालन हुने प्रतियोगिताको फाइनल शीर्ष दुई टोलीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको अन्तिम खेल अगष्ट ३१ मा हुनेछ । गत वर्ष घरेलु मैदानमा भएको प्रतियोगितामा नेपाल चौंथो स्थानमा रहेको थियो ।

साफ यू १५ नेपाली टोली:

गोलकिपर – इश्वर गुरुङ, मनोज दाहाल, जेनिस केसी

रक्षक – प्रज्ञान महर्जन, अभिषेक वाइवा, प्रमिश गुरुङ, अजय चौधरी, जान लिम्बु, रोशन थापा

मिडफिल्ड – जन्म जय धामी, निराजन मल्ल, प्रदीप लम्साल, नितेश श्रेष्ठ, अशिम राई, विपिन तुमसिङ मगर, अमिर हमिद, मोहित गुरुङ, निराजन खत्री, अनिल चौलागाई

फरवार्ड – कृसन अधिकारी यादव, कृश सापकोटा, सगुन जिमी, शंशाक बोहोरा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x