पर्यटक भित्र्याउन नयाँ योजना बनाउँदै निकुञ्ज

ज्ञानमाण्डू।पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने दौडमा बाँके राष्ट्रिय निकुञ्ज लागे पनि सोचअनुसारको नतिजा ल्याउन सकेको छैन । गत आर्थिक वर्ष २०७५/०७६ मा निकुञ्जमा आन्तरिक र बाह्य गरी १५० पर्यटक घुम्न आएको तथ्याङ्कले देखाउँछ । ती मध्ये बाह्य विदेशी पर्यटकको सङ्ख्या आठ मात्र रहेको छ । अन्य निकुञ्जका तुलनामा यस निकुञ्जमा पर्यटक कम आउने कारणको खोजी गरी नयाँ रणनीतिक योजना बनाउन लागिएको निकुञ्ज प्रमुख प्रमोद भट्टराईले जानकारी दिए।

पर्यटक भित्र्याउने योजनाअन्तर्गत निकुञ्जले यहाँका जनप्रतिनिधि, होटेल तथा यातायात व्यवसायी, पत्रकार, उद्योगी, व्यापारी र अन्य सरोकारवाला पक्षसँग छलफल कार्यक्रमको आयोजना गरी राय सुझाव लिने काम पनि गरिरहेको उनले बताए । बाँके जिल्लामा नेपाल भ्रमण वर्षको गतिविधि कम भएकाले निकुञ्जमा पर्यटकको उपस्थिति बढ्न नसकेको होटेल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष भीमलाल कँडेलको जानकारी दिए । उनका अनुसार, भ्रमण वर्षलाई दृष्टिगत गरी सङ्घले नेपालगन्जमा प्रथम सडक खाना महोत्सव (फुड फेस्टिभल) गर्न लागेको छ । यही फागुन २३ देखि २४ गतेसम्म हुने खाना महोत्सवमा भारतीय पर्यटक समेत भित्र्याउने सङ्घको योजना छ । करिब ५० हजारले अवलोकन गर्ने र रु दुई करोड बढीको कारोबार हुने लक्ष्य लिइएको महोत्सवमा आउने पर्यटकलाई बाँके निकुञ्ज पुर्‍याउने सकिने अध्यक्ष कँडेलले बताए ।

सो निकुञ्ज नेपालगन्जदेखि २० किलोमिटर टाँढा पूर्व–पश्चिम राजमार्गको छेउमै अवस्थित छ । राजमार्गको चौबाटो कोहलपुर चोकवाट पूर्व, पश्चिम र उत्तरी क्षेत्रमा अवस्थित यो पाटेबाघको मुख्य क्रिडास्थलका रूपमा समेत परिचित छ । निकुञ्जको मनमोहक प्राकृतिक छँटा, विभिन्न थरीका वन्यजन्तु, नदीनाला र विभिन्न जातिका परम्परागत आवास घर (होमस्टे) ले निकुञ्जको शोभा बढाएको छ । 

आठ वर्षअघि स्थापना भएको यो निकुञ्जमा पाटेबाघको सङ्ख्या २१ पुगेको निकुञ्जका प्रमुख भट्टराईले जानकारी दिए । उनका अनुसार, पछिल्लो समय बाघको सङ्ख्या बढ्दै गएपछि पर्यटकको सङ्ख्यामा पनि वृद्धि हुने क्रम बढेको छ । 

गाभर भ्याली सामुदायिक होमस्टे र चुरिया रेन्जले पनि निकुञ्जको शोभा बढाएको छ । होमस्टेका प्रमुख कृष्ण चौधरीका अनुसार, चुरे क्षेत्रमा हाइकिङको व्यवस्था भएकाले पनि यो निकुञ्ज पर्यटकको रोजाइँमा पर्ने विश्वास गरिएको छ । 

बाँकेमा भ्रमण वर्षको गतिविधि शून्यजस्तै भएरै अहिले होटेल व्यवसायी मात्र होइन, स्थानीय निकाय पनि पर्यटक भित्र्याउने दौड र योजनामा लागिपरेका छन् । भ्रमण वर्षलाई दृष्टिगत गरी नेपालगन्ज उपमहानगरपालिका–२२ र २१ को बिचमा रहेको ‘कान्तिताल’ लाई पर्यटकीय स्थलका रूपमा निर्माण गर्नका लागि धमाधम काम अगाडि बढाइएको छ । 

नेपालगन्ज उपमहानगरपालिकाको आन्तरिक स्रोतबाट तालको पुनः निर्माण भइरहेको नगर प्रमुख डा धवलशम्शेर राणाले बताए । विगतमा यो ताल पुरैना, पुरैनी तालको नामले चिनिन्थ्यो । नेपालगन्जदेखि साढे दुई किलोमिटर पूर्व राप्ती सडकको किनारमा पर्ने २५ बिघा क्षेत्रफलमा फैलिएको छ । 

कान्तिताल एउटा प्राकृतिक ताल हो । यो तालको पानी पहिला खेती सिँचाइका लागि प्रयोग गरिन्थ्यो । २०३९ देखि २०७२ सम्म ताललाई माछापालन गर्न ठेक्कामा दिने गरिएको थियो । अहिले आएर नेपालगन्ज उपमहानगरपालिकाले पर्यटकीयस्थलको रूपमा विकास गर्ने योजना अगाडि बढाएको हो । 

यसै गरी, नेपालगन्जको ऐतिहासिक रानीतलाउ अहिले आएर आन्तरिक तथा बाह्य पर्यटकको आकर्षकको केन्द्र बन्दै गएको छ । डेढ दशक अघिसम्म जीर्ण अवस्थामा रहेको नेपालगन्ज वडा नं ८ स्थित प्रसिद्ध ऐतिहासिक रानी तलाउको नेपालगन्ज उपमहानगरपालिकाले पुनः निर्माण गरेपछि नौका विहार गर्ने र रमणीय पार्कको अवलोकन गर्नेको सङ्ख्या बढ्दै गएको छ । 

नगर प्रमुख डा धवलशम्शेर राणाले स्थानीय तहको गठन भएपछि ऐतिहासिक रानीतलाउलाई पर्यटकीयरुपमा विकसित गर्दै लगिएको बताए । पार्क अवलोकनका लागि पश्चिम नेपालका जिल्लाका साथै भारतीय सीमावर्ती क्षेत्रका नागरिकसमेत आउने गरेका छन् । नेपालगन्जकै अर्को ऐतिहासिक महेन्द्र पार्क पनि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षकको केन्द्र बनेको छ । यो पार्कलाई ‘मिनी जू’ को पनि नाम दिइएको छ । पार्कमा मयुर, खरायो, जरायो, अष्ट्रिचलगायत विभिन्न थरीका चरा रहेका छन् । 

सरकारले सन् २०२० लाई भ्रमण वर्षको रूपमा मनाइने निर्णय गरेअनुरुप सोहीअनुसार नेपालगन्ज उपमहानगरपालिकाले पनि यहाँका पर्यटकीय स्थललाई आकर्षक बनाउने अभियान नै सञ्चालन गरेको नगर प्रमुख राणाले बताए । उनका अनुसार, नेपालगन्जको यी दुई पार्कका साथै ऐतिहासिक शक्ति पीठ बागेश्वरी मन्दिरको विस्तार, नेपालगन्जकै कान्तिताल र वाटर पार्कको निर्माण धमाधम भइरहेको छ । यसका साथै नेपालगन्ज फोहरमुक्त बनाउन प्लास्टिकजन्य वस्तुको व्यवस्थापनलाई पनि नगरपालिकाले आफ्नो कार्यक्रममा समेटेको छ । 

नेपालगन्ज उपमहानगरपालिका जस्तै यहाँका आठ वटै पालिकाले पनि भ्रमण वर्षमा आआफ्नो क्षेत्रमा पर्यटक भित्र्याउन योजनाअनुसार कार्यक्रम तय गरेका छन् । “हामीले राप्तीसोनारी गाउँपालिकाको प्रसिद्ध धार्मिकस्थल भुँवरभवानीमा पर्यटकको पहुँच बढाउन सबै खाले संयन्त्र प्रयोग गरेका छौँ”, सो गाउँपालिकाका अध्यक्ष लाहुराम थारुको भनाइ छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x