धितोपत्र बजारमा गिरावट, नेप्से २८५४.७६ को विन्दुमा



ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ऒरलो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४५ दशमलव ०६ अंकले घटेर २८५४ दशमलव ७६ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ८ दशमलव ६२ अंकले घटेर ५३४ दशमलव ८१ को विन्दुमा पुगेको छ ।

आज कूल २२९ कम्पनीका २ करोड ६० लाख २१ हजार १०४ कित्ता शेयर रु ९ अर्ब ९८ करोड ०० लाख २६ हजार ५२७ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये सामूहिक लागनी कोष शुन्य दशमलव ०२ अङ्कले बढेको छ । यता, बैंकिङ उपसमूह २२ दशमलव ५ अङ्कले घट्दा ट्रेडिङ उपसमूह ६० दशमलव ६६ अङ्कले, होटल तथा पर्यटन उपसमूह १०६.८८ अङ्कले, विकास बैंक उपसमूह ९७.९७ अङ्कले, जलविद्युत ६०.१३ अङ्कले, वित्त उपसमूह २१.७७ अङ्कले, निर्जीवन बीमा २४०.७१ अङ्कले, उत्पादन उपसमूह ११८.५४ अङ्कले, अन्य उपसमूह ३१.५२ अङ्कले, लघुवित्त उपसमूह ७५ दशमलव ५२ अङ्कले, जीवन बीमा २५४.६७ अङ्कले र लगानी उपसमूह २ दशमलव ८६ अङ्कले घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x