नेपालगञ्ज र डुडुवाका विद्यालय बन्द

ज्ञानमाण्डू।अत्यधिक चिसो बढेसँगै बाँकेको नेपालगन्ज उप महानगरपालिका र डुडुवा गाउँपालिकाका सामुदायिक विद्यालय चार दिनका लागि बन्द गरिएको छ । 

ती पालिकाअन्तर्गतका शिक्षा समितिको निर्णयअनुसार, आजदेखि पुस १८ गतेसम्मका लागि विद्यालय बन्द गरिएको हो । निरन्तरको शीत लहर र चिसोले यस क्षेत्रकै जन जीवन कष्टकर बनेपछि विद्यार्थीको सजिलोको लागि विद्यालय बन्द गर्ने निर्णय भएको नेपालगन्ज नगर शिक्षा समितिका प्रमुख गोर्खबहादुर थापाले जानकारी दिए । 

यसैबिच, अत्यधिक चिसोका कारण नेपालगन्जका गरिब, असहाय, बेसहारा बढी प्रभावित भएपछि उप महानगरपालिकाले आगो ताप्न टोल टोलमा दाउरा वितरण गरेको छ । उनीहरूलाई चिसोबाट जोगाउन उप महानगरपालिकाले वडा कार्यालय मार्फत टोल टोलमा दाउरा वितरण गरेको सूचना अधिकारी शरद पौडेलले जानकारी दिए ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x