सुनको मूल्यमा वृद्धि, चाँदी तोलाको कति ?



ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला दुइँ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असाेज २२ गते, शुक्रबारका दिन छापावाला सुनको मूल्य तोलाको ९० हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९० हजार १ सय ५० रुपैयाँ तोकिएको छ ।
अघिल्लो कारोबारी दिन अर्थात विहीबार असाेज २१ गतेका दिन, छापावाला सुन प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ८९ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार सुनको मूल्यमा वृद्धि हुँदा चाँदीको मूल्य भने यथावत रहेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार १ सय ७० रुपैयाँमा किनबेच हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x