मिर्मिरे माईक्राेफाईनान्सकाे नाफा उलेख्य वृद्धि, प्रतिशेयर आम्दानी कति ?

ज्ञानमाण्डू। मिर्मिरे माईक्राेफाईनान्सको नाफा ४८१.८८ प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को चौथो त्रैमास सम्ममा लघुवित्तले ३ करोड ४३ लाख ९३ हजार रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को चौथो त्रैमास सम्ममा लघुवित्तले २० करोड १ लाख ३३ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।

४३ करोड ५० लाख ७१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको मिर्मिरे माईक्राेफाईनान्सले १ अर्ब ८८ करोड ३५ लाख २० हजार रुपैयाँ निक्षेप संकलन गरी ६ अर्ब ७७ करोड १९ लाख २६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै मिर्मिरे माईक्राेफाईनान्सले ४ अर्ब ५९ करोड २१ लाख ३३ हजार रुपैयाँ सापटी लिएकाे छ भने जगेडा कोषमा ३४ करोड ५३ लाख ३९ हजार रुपैयाँ रहेको छ ।

मिर्मिरे माईक्राेफाईनान्सको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १२९.२० प्रतिशतले बढेर ४४ करोड ३२ लाख १८ हजार रुपैयाँ पुगेकाे छ । लघुवित्तमा निष्कृय कर्जा अनुपात १.९९ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ४६ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १७९ रुपैयाँ ३८ पैसा छ र मूल्य आम्दानी अनुपात ४०.२२ गुणा रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x