महिला लघुवित्तमा राेजगारीकाे अवसर

Mahila Laghubitta Bittiya Sanstha Limited
नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाको रुपमा कारोवार गर्न इजाजत प्राप्त महिला लघुवित्त वित्तीय संस्था लिमिटेडलाई नायव प्रमुख कार्यकारी अधिकृत आवश्यक भएकोले इच्छुक योग्यता पुगेका नेपाली नागरिकले नागरिकताको प्रतिलिपि, आफ्नो शैक्षिक योग्यताका प्रमाणपत्रहरुको प्रतिलिपि, अनुभवको प्रतिलिपिहरु, आफ्नो वैयक्तिक विवरण यस वित्तीय संस्थाको इमेल [email protected] मा निवेदन पेश गर्नु हुन सूचना प्रकाशित गरेको छ। 


७) मुख्य जिम्मेवारी : वित्तीय संस्थाको नीति नियम, निर्देशनहरुको पालना गर्ने गराउने, कार्यक्रमको सुपरीवेक्षण तथा अनुगमन गर्ने, जनशक्ति व्यवस्थापन गर्ने, कर्मचारीहरुको बृद्धि विकासका कार्य गर्ने, वित्तीय व्यवस्थापन गर्ने, विभागीय स्तरमा समन्वय गर्ने, नीति नियमहरु तर्जुमा गर्न सहयोग गर्ने, दैनिक प्रशासनिक कार्य सम्पादन गर्ने र समय समयमा वित्तीय संस्थाले तोकेको थप जिम्मेवारी समेत पुरा गर्नु पर्नेछ।

८) सीप तथा क्षमता : नेपाली तथा अंग्रेजी भाषामा राम्रो दखल भएको, व्यवसायिक व्यवस्थापकीय क्षमता भएको, नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने, कर्मचारीहरुलाई काममा उत्प्रेरित गर्न सक्ने, तोकिएको समय सीमाभित्र कार्य सम्पन्न गर्न सक्ने, समस्या समाधान गर्न सक्ने र कम्प्युटर सम्बन्धी पूर्ण ज्ञान भएको हनु पर्नेछ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x