सानिमा इक्वीटी फण्डकाे जम्मा आम्दानी ऋणात्मक, कहाँ कहाँ छ लगानी ?



ज्ञानमाण्डू। सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्वीटी फण्डले बैशाख मसान्तसम्मको खुद मूल्य विवरण सार्वजनिक गरेको छ। 

बैशाख मसान्तसम्म आइपुग्दा सानिमा इक्वीटी फण्डकाे जम्मा आम्दानी १९ करोड ६१ लाख रुपैयाँले ऋणात्मक रहेको छ भने चैत्र मसान्तमा जम्मा आम्दानी १७ करोड ८२ लाख रुपैयाँ ऋणात्मक रहेको थियो। चैत्रकाे तुलनामा जम्मा आम्दानीकाे नोक्सानी १०.१ प्रतिशतले बढेकाे देखिन्छ भने यस सामूहिक लगानी काेषले बैशाख मसान्तसम्म ३ करोड ६० लाख रुपैयाँ खर्च गरेको देखिन्छ।

सानिमा इक्वीटी फण्डकाे न्याभ बैशाख मसान्तसम्म आइपुगदा रु. ०.१६ ले घटेर १५ रुपैयाँ ८८ पैसामा कायम भएको छ। गत मासिक (चैत्र) मसान्तमा भने सानिमा इक्वीटी फण्डकाे न्याभ १६ रुपैयाँ ०४ पैसा पुगेको थियो।

सो सामूहिक लगानी काेषकाे बैशाख मसान्तसम्म नाेक्सान भने १०.१ प्रतिशतले बढेर २३ करोड २१ लाख रुपैयाँ पुगेको छ। चैत्र मसान्तमा नाेक्सान २१ करोड ०९ लाख रुपैयाँ पुगेको थियो।

सानिमा इक्वीटी फण्डले बैशाख मसान्तसम्म १ अर्ब ३३ करोड ६४ लाख रुपैयाँ सुचीकृत शेयरमा लगानी गरेको छ। त्यसै गरी सानिमा इक्वीटी फण्डले १३ करोड रुपैयाँ बैकं मुद्दती निक्षेपमा राखेको छ भने डिबेञ्चरमा ८ करोड ६८ लाख रुपैयाँ लगानी गरेको छ।

सानिमा इक्वीटी फण्डकाे बैकं मौज्दातमा भने ४५ करोड ३२ लाख रुपैयाँ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x