भलिबल खेलाडीको एक लाखको कोरोना बीमा

ज्ञानमाण्डू। लक्ष्मीनारायण स्मृति मेमोरियल ट्रष्टले राष्ट्रिय भलिबल टोलीका खेलाडी प्रत्येकको रु एक लाख बराबरको कोरोना बीमा गरेको छ । ट्रष्टले कूल ३६ भलिबल खेलाडीको कोरोना बीमा गरेको हो । 


ट्रष्टले गत वर्ष मङ्सिरमा नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा सहभागी महिला तथा पुरुष राष्ट्रिय टोलीका सबै खेलाडीको कोरोना बीमा गरेको हो । ट्रष्टले सागमा सहभागी बीच भलिबलको महिला तथा पुरुष टोलीका खेलाडीको समेत कोरोना बीमा गरिदिएको छ । ट्रष्टले आज महिला टोलीकी खेलाडी प्रतिभा माली र बीच भलिबल टोलीका सदस्य दिल सुनारको उपस्थितिमा बीमा गरेको हो । 

 

देशमा कोरोना महामारीको जोखिम बढ्दै गएको अवस्थामा खेलाडीको सुरक्षालाई ध्यानमा राखि कोरोना बीमा गरिएको ट्रष्टकी संरक्षक अन्जु श्रेष्ठले बताइन । श्रेष्ठ नेपाली महिला भलिबल टोलीकी पूर्व कप्तानसमेत हुन् । बीमा कार्यक्रममा भलिबल खेलाडीद्वय माली र सुनारले पहिलो पटक भलिबल खेलाडीको कोरोना बीमा गरेकामा ट्रष्टलाई धन्यवाद दिए । ट्रष्टले बर्सेनी वर्षको उत्कृष्ट महिला र पुरुष भलिबल खेलाडीलाई पुरस्कृत गर्दै आएको छ । पूर्वकप्तान श्रेष्ठले आफ्ना बुबा लक्ष्मीनारायण श्रेष्ठको स्मृतिमा ट्रष्ट स्थापना गरेकिहुन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x