नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ६

ज्ञानमाण्डू। नेपालमा कोभिड–१९ को सङ्क्रमित सङ्ख्या ‘छ’ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नेपालमा कोरोना सङ्क्रमित व्यक्तिको सङ्ख्या छ पुगेको जानकारी दिए । उनका अनुसार सङ्क्रमित व्यक्ति बाग्लुङकी महिला हुन् । 

यही चैत ४ गते कतारको दोहाबाट कतार एयरवेजको विमान क्युआर ६५२ बाट नेपाल आएको डा देवकोटाको भनाइ छ । पहिलो कोरोना सङ्क्रमित व्यक्ति भने उपचारपछि ठिक भएर घर फर्किसकेका छन् । दोस्रो सङ्क्रमित व्यक्ति काठमाडौँकी १९ वर्षीया युवती हुन् । उनी फ्रान्सबाट दोहा हुँदै कतार एयरवेजको क्युआर ६५२ जहाजबाट काठमाडौँ आएकी थिइन् । उनमा चैत १० गते कोरोना सङ्क्रमणको पुष्टि भएको हो । 

त्यस्तै तेस्रो व्यक्ति धादिङ, चौथो धनगढी र पाँचौँ बाग्लुङका व्यक्तिमा कोरोना सङ्क्रमण भएको पुष्टि भइसकेको छ । डा देवकोटाले आजसम्म कूल एक हजार १८४ मा परीक्षण गरिएको जानकारी दिएका छन् । उनले विभिन्न अस्पतालमा पनि स्वाब लिइरहेको जनाउँदै सैनिक अस्पतालले १७ जनाभन्दा बढीको स्वाब लिएको बताए । उनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाहेक धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण भइरहेको जानकारी दिए । 

उनले बुटवल, सुर्खेत, हेटाैँडा र धनगढीमा मेशिन जडान कार्य भइसकेको र परीक्षण हुने क्रममा रहेको बताए । जनकपुरमा भने जडान कार्य सम्पन्न भइसकेको छ । आइसोलेसनमा आजसम्म देशभरिमा १०५ जना उपचारत छन् । जसमा उपत्यकामा १६ र बाँकी उपत्यकाबाहिर उपचारत छन् । उनका अनुसार कल सेन्टरमा गत २४ घण्टाभित्र दुई हजार ७५९ फोन सम्वाद गरिएको छ । त्यसमा धेरैले अस्पतालमा कोरोनाको परीक्षण, पिपिई खरिदलगायतका विषयमा प्रश्न गरेको उनले बताए । रासस

CORONA VIRUS NEPAL

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x