प्रभु बैंकको ब्राण्ड एम्बास्डरमा गायक प्रकाश सपुतलाई निरन्तरता | Prabhu Bank


ज्ञानमाण्डू।नेपाली सांगितिक क्षेत्रका ख्यातिप्राप्त गायक प्रकाश सपुतलाई प्रभु बैंकले थप अवधिका लागि ब्राण्ड एम्बास्डरमा निरन्तरता दिने भएकोे छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा आज आयोजित एक कार्यक्रममा गायक तथा कलाकार सपुतलाई ब्राण्ड एम्बास्डरमा थप अवधिका लागि निरन्तरता दिने सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

बैंकले गत वर्षदेखि नै र लोकप्रिय गायक सपुतलाई ब्राण्ड एम्बस्डरमा नियुक्त गरेकोमा उक्त अवधि समाप्त भएको हुँदा थप अवधिका लागि ब्राण्ड एम्बास्डरमा निरन्तरता दिने जनाएको हो ।

सपुत बैंकको ब्राण्ड एम्बास्डरमा थप अवधिका लागि नियुक्त भएपछि सर्वसाधारणमा बैंक प्रतिको विश्वसनीयतामा वृद्धि हुने विश्वास लिइएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x