नबिल बैंक र टेस्ला डाईगोनोस्टिक क्लिनिक विच बिशेष सम्झौता पत्रमा हस्ताक्षर

ज्ञानमाण्डू।टेस्ला डाईगोनोस्टिक र नबिल बैङ्क बिच सहकार्य गर्ने विषयमा सम्झौता भएको छ । सम्झौता अनुसार अब नबिल बैङ्कका ग्राहक , कर्मचारी र कर्मचारी निकट परिवार ले क्लिनिकका विविध सेवामा विशेष सहुलियत प्राप्त गर्ने भएका छन् ।

बालुवाटारमा गरिएको सम्झौतामा क्लिनिकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रिंकु श्रेष्ठ तथा नबिल बैङ्क तर्फ प्रमुख – कार्ड शाखा श्री सनत पौडेलले हस्ताक्षर गरेका थिए ।

सम्झौता सँगै अब नबिल बैङ्कका सेवाग्राहीले क्लिनिक सेवामा विशेष सहुलियत प्राप्त गर्नेछन् भने यस बाहेक बैङ्कको स्वास्थ्य सचेतनामा क्लिनिकले सहकार्य गर्ने भएको छ ।

बालुवाटारमा अवस्थित क्लिनिक मा सुलभ खर्चमा स्तरीय सेवा प्राप्त गर्न सकिने र स्वास्थ्य क्षेत्र उदारानिय सेवा परिष्कृत गर्ने उद्देश्यले स्थापित क्लिनिकले देशको ठुलो जनसङ्ख्या समेटेको नबिल बैङ्क सँग सहकार्य गरेको हो ।

नबिल बैङ्कले ११८ वटा शाखाहरू, १७६ वटा एटिएमहरूको विशाल संरचना र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरूका साथमा देशव्यापी रूपमा र विश्वभर धेरै एजेन्टहरू मार्फत सेवा प्रदान गरेर आफ्ना सबै स्टेकहोल्दरहरु सँगै अघि बढ्ने विश्वास राखेको कुरा बैङ्कले प्रेस विज्ञप्तिद्वारा जानाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x