‘सफा धरान, स्वस्थ धरान’ अभियानमा मेगा बैंकको सहयोग


ज्ञानमाण्डू। मेगा बैंक नेपाल लिमिटेडले धरान उपमहानरपालिकाले सञ्चालन गरेको ‘सफा धरान, स्वस्थ धरान’ अभियानमा सहयोग गरेको छ ।

मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईलाई १० वटा डस्बीन हस्तान्तरण गरेको कम्पनीले जनाएको छ। धरानको भानु चोकमा गरिएको कार्यक्रममा धरान उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष रमेश राई, मेगा बैंकका प्रदेश नम्बर १ का प्रमुख विवेकबन्धु न्यौपाने तथा धरान शाखाका प्रबन्धक सविन श्रेष्ठ लगायतको सहभागिता थियो ।

कार्यक्रममा धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर राईले ‘सफा धरान, स्वस्थ धरान’ अभियानमा साथ दिएकोमा खुसी व्यक्त गर्दै मेगा बैंकलाई धन्यवाद दिनुभयो । मेयर राईले आगामी दिनमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न सामाजिक कार्य र वित्तीय साक्षरतामा मेगा बैंकसँग सहकार्य गर्ने बताउनुभयो । मेगा बैंकबाट हस्तान्तरण गरिएका डस्बीनहरु भानुचोक वरपर राख्ने कुरा बैंकले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x