झन्डै ३ अर्ब नाफा कमाएको सिद्धार्थ बैङ्कको लाभांश दिन सक्ने क्षमता कति ?

ज्ञानमाण्डू। सिद्धार्थ बैङ्कको नाफा ३२.२१ प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को चाैथाे त्रैमास सम्ममा बैङ्कले २ अर्ब १४ कराेड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को चाैथाे त्रैमास सम्ममा बैंकले २ अर्ब ८३ करोड रुपैयाँ माथि नाफा कमाएको देखिन्छ ।

१० अर्ब ९६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको सिद्धार्थ बैङ्कले १ खर्ब ८० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ९ अर्ब ३० करोड रुपैयाँ र संचित मुनाफा १ अर्ब २६ कराेड रूपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ०.६२ प्रतिशतले घटेर ५ अर्ब ५३ करोड रुपैयाँ पुगेकाे छ ।

त्यस्तै बैंङ्ककाे आ.व. २०७७/७८ काे वितरण याेग्य मुनाफा १ अर्ब २१ कराेड रुपैयाँ रहेकाे छ अर्थात सिद्धार्थ बैङ्कले आफ्ना शेयरधनिहरूलाई आ.व. २०७७/७८ काे वितरण याेग्य मुनाफाबाट ११.१ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएकाे देखिन्छ ।

बैंककाे निष्कृय कर्जा अनुपात १.१६ प्रतिशत र प्रतिशेयर आम्दानी २५ रुपैयाँ ८७ पैसा छ भने प्रतिशेयर नेटवर्थ १८४ रुपैयाँ ८६ पैसा र पछिल्लाे काराेबार मूल्य रू ५८२.१० काे आधारमा मूल्य आम्दानी अनुपात २२.५ गुणा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x