आइएमई लाइफ इन्स्योरेन्सद्धारा अभिकर्ताहरु सम्मानित

ज्ञानमाण्डू। आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले कम्पनीले आ.व. २०७६/७७ मा बाग्मती प्रदेश अन्तर्गत काठमाडौं उपत्यकाका शाखा तथा उपशाखा कार्यालयहरुमा आवद्ध रहि उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरु तथा बाग्मती प्रदेशबाट एमडिआर्टि २०२१ मा योग्य हुन सफल अभिकर्ताहरुलाई सम्मान गरेको हो । 
 

उक्त कार्यक्रमको उद्धघाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले गर्नु भएकाे थियाे । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत फुयाँलले अभिकर्ताहरुको वृत्ति विकासका निमित्त विविध शिपमुलक तालिमहरु प्रदान गरिदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

 ime life insurance

 

उक्त कार्यक्रममा तीन सयभन्दा बढी आईएमई लिडरहरुको उपस्थिति रहेको थियो । उपत्यकाका प्रत्येक शाखा तथा उपशाखाबाट टिम व्यवसायको आधारमा प्रथम, द्धितिय र तृतिय तथा आङ्खनो अभिकर्ता कोडबाट प्रथम, द्धितिय र तृतिय भएका अभिकर्ताहरुलाई सम्मान गरिएको कुरा कम्पनीले जनाएकाे छ ।

 

उपत्यकाबाट एमडिआर्टि २०२१ मा योग्य हुन सफल अभिकर्ताहरुलाई आईएमई लाइफकी ब्राण्ड एम्वेसेडर मनिषा कोइरालाद्धारा सम्मान गरिएको कुरा पनि कम्पनीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x