९ महिनामा नेपाल लाइफ इन्स्योरेन्सका अभिकर्ताको कमाई कति ?

nepal life insurance

ज्ञानमाण्डू। नेपालको सबै भन्दा धेरै जीवन बीमाको व्यापार गर्ने नेपाल लाइफ इन्स्योरेन्सले श्रवण महिना देखि चैत्र महिना अर्थात् ९ महिनाको अवधिमा आफ्ना अभिकर्तालिई २ अर्ब ८४ करोड कमिसन दिएको छ। गत वर्ष चैत्र महिना सम्म नेपाल लाइफका अभिकर्ताले कम्पनीबाट २ अर्ब १८ करोड प्राप्त गरेका थिए। यसरी नेपाल लाइफको व्यापार वृद्धि भएसँगै उसले आफ्ना अभिकर्तालाई दिने कमिसन पनि ३० प्रतिशतले वृद्धि भएको छ।
चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा नेपाल लाइफले २४ अर्ब ९५ करोड खुद बीमा शुल्क आर्जन गरेको छ। कम्पनीले बीमा शुल्क मार्फत गर्ने आर्जन समीक्षा अवधिमा ३५ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै कम्पनीको जीवन बीमा कोष १ खर्ब माथि पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x