सबैकाे लघुवित्तको नाफा ९ करोड ९७ लाख

Sabaiko Laghubitta Bittiya Sanstha Limited

ज्ञानमाण्डू। सबैकाे लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा १२.७७ प्रतिशतले घटेकाे छ । आ.व. २०७७/७८ को चौथो त्रैमास सम्ममा लघुवित्तले ११ कराेड ४३ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को चौथो त्रैमास सम्ममा लघुवित्तले ९ कराेड ९७ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

२७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको सबैकाे लघुवित्तले ४ अर्ब ३६ करोड ८७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, सबैकाे लघुवित्तले २ अर्ब ९४ करोड ४३ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा १५ करोड ७० लाख रुपैयाँ रहेको छ।

सबैकाे लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १९.९० प्रतिशतले बढेर २८ करोड ४९ लाख रुपैयाँ पुगेको छ । लघुवित्तमा निष्क्रिय कर्जा अनुपात १.६९ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ३६ रुपैयाँ ९५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ १७ पैसा छ र पछिल्लाे काराेबार मूल्य रू ११२१ काे आधारमा मूल्य आम्दानी अनुपात ३०.३३ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x