धितोपत्र बजारमा उछाल, नेप्से परिसूचक ६३.३८ अंकले बढेर २५३८.४६ को विन्दुमा


ज्ञानमाण्डू।धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६३ दशमलव ३८ अंकले बढेर २५३८ दशमलव ४६ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ९ दशमलव ४४ अंकले बढेर ४५३ दशमलव ५९ को विन्दुमा पुगेको छ ।



आज कूल २०६ कम्पनीका १ करोड २४ लाख ३० हजार २ कित्ता शेयर रु ५ अर्ब ९१ करोड ९८ लाख २४ हजार ५६९ मा खरिद बिक्री भए । आइतबारको कारोबारपछि बजार पूँजीकरण रु ३५ खर्ब चार अर्ब ८४ करोड ५६ लाख ८० हजारको हाराहारी पुगेको छ ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये अधिकांस उपसमूहको शेयर वृद्धि भएको छ । बैंकिङ उपसमूह २६ दशमलव ५२ अङ्कले बड्दा ट्रेडिङ उपसमूह १३ दशमलव २ अङ्कले होटल तथा पर्यटन १५३.७७ अङ्कले, विकास बैंक ४६.८७ अङ्कले, जलविद्युत् १३.८ अङ्कले, वित्त ६.३७ अङ्कले, निर्जीवन बीमा ५६१.३४ अङ्कले, उत्पादन १७२.८८ अङ्कले, अन्य उपसमूह ५७.९४ अङ्कले, लघुवित्त २४६.६ अङ्कले, जीवन बीमा ७४२.७६ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव १६ अङ्कले र लगानी उपसमूह १ दशमलव २५ अङ्कले बढेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x