डिप्रोक्स लघुवित्तले २० प्रतिशत लाभांश वितरण गर्ने

ज्ञानमाण्डू।डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको मिती २०७७ साल माघ २८ गते बुधबारका दिन बसेको सञ्चालक समितिको २८२ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०६६/०६७ को मुनाफाबाट हाल कायम चुक्ता पूजी को १५ प्रतिशतले हुन आउने बोनस शेयर र ५ प्रतिशतले हुन आउने नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

बुधबारका दिन बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नाफाबाट १५ प्रतिशतले हुन आउने बोनस शेयर र ५ प्रतिशत(बोनस शेयर र लाभांशमा लाग्ने करसहित)ले हुन आउने नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले पाउने लघुवित्तले जानकारी दिएको छ ।

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले हाल कायम १ अर्ब ५४ लाख ३३ हजार ५७४ रुपैयाँ चुक्ता पुँजीमा उक्ता लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित बोनस वितरणपछि लघुवित्तको पुँजी १ अर्ब १५ करोड ६२ लाख ४८ हजार ६१० रुपैयाँ पुग्नेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x