नबिल बैंक र नेपाल औषधि व्यवसायी संघ, काठमाडौं बिच सम्झौता


ज्ञानमाण्डू।नेपालको अग्रणी वाणिज्य बैंक, नबिल बैंक  र नेपाल औषधि व्यवसायी संघ, काठमाण्डौं बिच औषधि व्यवसायीहरुको आवश्यकता अनुसार बैंकको कर्जा नितिको अधिनमा रहेर विभिन्न बैंकिङ्ग सेवाहरु प्रदान गरेर औषधि व्यवसायीहरुलाई सहयोग गर्ने सम्झौता भएको बैंकले जानकारी दिएको छ ।

श्री निरज कुमार बस्नेत (डनिल), प्रमुख एस.एम.ई. तथा लघुवित्त, नबिल बैंक र श्री बद्री प्रसाद क्षेष्ठ, अध्यक्ष, नेपाल औषधि व्यवसायी संघ, काठमाण्डौंले सम्झौता पत्रमा  हस्ता क्षर गरेको बैंकले जनाएको छ । नेपाल औषधि व्यवसायी संघ, काठमाण्डौं जिल्ला शाखाको आयोजनामा, काठमाण्डौं, ललितपुर र भक्तपुर जिल्ला भरको औषधिको थोक व्यवसायीहरुको बृहत भेला कार्यक्रममा भएको सो सम्झौता कार्यक्रममा नेपाल औषधि व्यवसायी संघका प्रमुख श्री भरत भट्टराई ज्युको उपस्थिती रहेको बैंकले उल्लेख गरेको छ ।

साझेदारीको बारेमा बोल्दै, नबिल बैंक, एस.एम.ई. तथा लघुवित्त, प्रमुख श्री निरज कुमार बस्नेत (डनिल)ले भने, “नबिल बैंक औषधि व्यवसायीहरुलाई वित्तिय पहुचमा बृद्घि तथा समग्र अर्थतन्त्रको विकास गर्नका लागी विभिन्न बैंकिङ्ग सुविधा र सेवाहरु उपलब्ध गराउन सधैं अग्रसर रहेको छ । हामीे औषधि व्यवसायीहरु र बैंकको दिगो विकाशलाई ध्यानमा राख्दै औषधि व्यवसायमा वित्तिय लगानी गर्ने अग्रणी बैंक मध्ये एक हौं । हामीलाई आशा छ कि यो साझेदारीले औषधि व्यवसायीहरुको वित्तिय व्यवस्थापनमा हालको अन्तर पूर्ण गर्न मद्दत पुर्याउनेछ । साथै, नबिल बैंकले आपतकालिन सेवाहरुमा संलग्न औषधि व्यवसायीहरुस“ग आबद्घ हुन पाएकोमा गौरवान्दित महसुस गर्दछ ।”

नबिल बैंकको बारेमा:

नबिल बैंकले आफ्नो देशभर ११९ वटा शाखा कार्यलयहरु, १८५ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देश्मा रहेका एजेन्टको ब्रिहत सन्जाल मार्फत निरन्तर गुनस्तरिय सेवा प्रवाह गरिरहेको छ । एक उच्च प्रशिक्षित समुह र मजबूत र सुरक्षित बैंकिंङ प्रणालीको साथ तीन दशक भन्दा बढीको बैंकिङ अनुभवको साथ, नबिल बैंक ग्राहकहरुलाई मूल्य अभिवृद्धि गर्न उच्च सेवा वितरणको लागि लक्षित छ ।

नेपाल औषधि व्यवसायी संघको बारेमा:

नेपाल औषधि व्यवसायी संघ, सन् १९७३ मा स्थापित औषधी व्यापार पेशामा संलग्न एक गैर नाफामुलक संस्था हो जुन समग्र औषधी व्यापारको सुरक्षाको साथ मूल्य एकरुपता लागु गर्न स्थापना भएको हो । नबिल बैंक र नेपाल औषधि व्यवसायी संघ बिचको सम्झौता मार्फत, नेपाल औषधि व्यवसायी संघको सदस्यता प्राप्त औषधि व्यवसायीहरुको वित्तिय आवश्कता परिपुर्ति गर्न मद्दत गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x