सुकुम्वासीका लागि घर निर्माण शुरु

ज्ञानमाण्डू।चितवनको इच्छाकामना गाउँपालिकाले सुकुम्वासी परिवारका लागि पक्की घर निमार्ण गर्ने भएको छ । 

इच्छाकामना गाँउपालिका–७ भालुमारा सुन्दरबस्तीमा रहेका ४६ सुकुम्वासी परिवारका लागि गाउँपालिकाले पक्की घर निर्माण गर्न लागेको हो । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले बुधवार एक कार्यक्रमकाबीच सो घरको शिलान्यास गरेका हुन् । सो अवसरमा अध्यक्ष गुरुङले वर्षौँदेखि चुहिने झुपडीमा बसेकाका लागि जग्गाको व्यवस्थासहित घर बनाइदिन लागेको बताए ।

उनले शौचालय र खान पानीको सुविधासहित घर निर्माण गरी एकीकृत नमुना बस्ती बनाउन लागिएको उल्लेख गर्दै हरेक नागरिकको सुरक्षित आवासका लागि गाउँपालिकाले यो योजना अघि बढाएको बताएका छन्। 

वडा नंं. ७ का वडाध्यक्ष बमबहादुर थापा ‘विजय’ ले यो बस्तीमा ४६ घरधुरीमध्ये ३५ परिवार चेपाङ समुदायका छन् भने अन्य दलित र तामाङ समुदायका रहेको जानकारी दिए । वर्षौँदेखि चुहिने झुपडीमा बस्दै आएका उनीहरू गाउँपालिकाले घर बनाइदिने भएपछि खुसी भएका छन् ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x