स्वराेजगार लघुवित्तकाे नाफा १३ करोड १७ लाख, प्रतिशेयर आम्दानी कति ?


ज्ञानमाण्डू। आ.व. २०७७/७८ को तेस्राे त्रैमास सम्ममा स्वराेजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले ११ करोड २६ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को तेस्राे त्रैमास सम्ममा लघुवित्तले १३ करोड १७ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

५१ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको स्वराेजगार लघुवित्तले ७ अर्ब ६३ करोड ४४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, स्वराेजगार लघुवित्तले ४ अर्ब ६० लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा २२ करोड ५१ लाख रुपैयाँ रहेको छ।

स्वराेजगार लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ३५.३३ प्रतिशतले बढेर ३१ करोड २२ लाख रुपैयाँ पुगेको छ । लघुवित्तमा निष्क्रिय कर्जा अनुपात २.८३ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ३४ रुपैयाँ १८ पैसा रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x