सुनको मूल्यमा १३ सय रुपैयाँको वृद्धि, तोलाको ९४ हजार पुग्यो

Click here to join Gyanmandu.com's Viber Community

ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कार्तिक २५ गते, विहीबारका दिन छापावाला सुनको मूल्य तोलाको ९४ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

अघिल्लो कारोबारी दिन अर्थात बुधबार कार्तिक २४ गतेका दिन, छापावाला सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

Click here to join Gyanmandu.com's Viber Community

विहीबार सुनको मूल्यमा वृद्धि हुँदा चाँदीको मूल्य पनि सामान्य रकमले उकालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन बुधबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा २० रुपैयाँले बढेको देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x