एनआईसी एशियाको Online Account Opening Challenge मा सहभागी हुनेलाई आईफोन-१२ जित्ने अवसर



ज्ञानमाण्डू। एन आई सी एशिया बैंकले कोरोना भाइरसकोे महामारीका बेला घरमै बसेर अनलाईन खाता खोल्न प्रोत्साहन गर्ने उद्देश्यका साथ दुई वटा Online Account Opening Challenge प्रतियोगिता सार्वजनिक गरेको छ । २०७८ जेष्ठ २३ देखि आषाढ १९ सम्म सञ्चालन हुने यी दुई प्रतियोगिताहरू मध्ये सबैभन्दा कम समयमा अनलाईन खाता खोल्ने एक जनालाई आईफोन–१२ तथा १० जनालाई स्मार्टवाच र बैंकको अनलाईन खाता खोल्ने प्रक्रियाबारे उत्कृष्ट भिडियो बनाई युटुबमा अपलोड गर्नुहुने दुई जनालाई जनही रू. ५० हजार नगद जित्ने मौका रहेको बैंकले  छ ।

‘Online Account Opening Challenge’ का लागि सहभागीले जतिसक्दो कम समयमा एन आई सी एशिया बैंकको वेबसाइटमार्फत सफलतापूर्वक खाता खोल्नुपर्ने बैंकले जनाएको छ । यस प्रतियोगितामा सहभागी हुनका लागि निम्नलिखित चरणहरु पार गर्नुपर्ने हुन्छ :

क. यस बैंकको वेबसाइटबाट खाता खोल्ने प्रक्रिया पूरा गर्ने ।
ख. Account Progression मा गई आफ्नो रिफरेन्स कोड राखेर खाता खोल्ने स्टेप १ देखि submitted सम्म देखिने गरी screenshot लिने ।
ग. बैंकको आधिकारिक फेसबुक पेजमा रहेको एष्ललभम पोष्टको कमेन्टमा Challenge Accepted लेखि आफ्ना ५ जना साथीहरूलाई त्बन गरी उक्त screenshot पोष्ट गर्ने ।
घ. सहभागीले उक्त pinned पोष्टलाई आफ्नो टाइमलाइनमा #GharBataiOnlineKhata तथा #NICASIABANK उल्लेख गरी सार्वजनिक रुपमा शेयर गर्ने ।
ङ. यस बैंकको फेसबुक पेज र उक्त pinned पोष्टलाई लाइक गर्ने ।

यस प्रतियोगिता अवधिभर हरेक साता दुई/दुई जना तथा प्रतियोगिता अवधिभर छोटो समयमा खाता खोल्ने १० जनालाई छनौट गरी बैंकले प्रत्येकलाई एक/एक वटा स्मार्टवाच प्रदान गर्नेछ र उत्कृष्ट १० जनामध्ये पनि कम समयमा खाता खोल्ने एकजना भाग्यमानी ग्राहकलाई आइफोन–१२ प्रदान गरिने योजना रहेको एन आई सी एशिया बैंकले उल्लेख गरेको छ ।

‘Video Challenge’ का लागि भने युटुबमा भिडियोहरू अपलोड गर्ने Youtuber हरू एन आई सी एशिया बैंकको अनलाईन खाता खोल्ने प्रक्रिया एवं यसका योजनाहरूबारे भिडियो वा भ्लग बनाई यस प्रतियोगितामा सहभागी हुन सक्ने बैंकले जनाएको छ । भिडियो बनाउँदा बैंकको ‘सहज रुपमा अनलाईन खाता प्रकृया’ एवं ‘महामारीको बेला बैंक पुगेर खाता खोल्दाका चुनौति’ बारेमा सहभागीले खुलेर प्रस्तुती दिनुपर्ने बैंकले जानकारी दिएको छ । सहभागीले आफु सँग रहेको कौशल प्रयोग गर्दै रचनात्मक भिडियो तयार पारी युटुबमा यस बैंकको आधिकारिक युटुब च्यानललाई ट्याग गरी #GharBataiOnlineKhata एवं #NICASIABANK उल्लेख गरी भिडियो अपलोड गर्नुपर्नेछ । सहभागी भएका भिडियोहरू मध्ये रचनात्मक भिडियो र सबैभन्दा धेरै पटक (न्यूनतम २ हजार पटक) हेरिएको भिडियोलाई जनही रू. ५०,००० का दरले नगद पुरस्कार प्रदान गरिने एन आई सी एशिया बैंकले यस विज्ञप्तिद्वारा जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x