लक्ष्मी उन्नति काेषकाे न्याभमा सामान्य गिरावट, नाफा कति ?


ज्ञानमाण्डू। लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नति काेषले बैशाख मसान्तसम्मको खुद मूल्य विवरण सार्वजनिक गरेको छ।

लक्ष्मी उन्नति काेषकाे न्याभ बैशाख मसान्तसम्म आइपुगदा रु. ०.१६ ले घटेर ११ रुपैयाँ ४७ पैसामा कायम भएको छ। गत मासिक (चैत्र) मसान्तमा भने लक्ष्मी उन्नति काेषकाे न्याभ ११ रुपैयाँ ६३ पैसा पुगेको थियो।

सो सामूहिक लगानी काेषकाे बैशाख मसान्तसम्म कुल नाफा भने १०.४७ प्रतिशतले घटेर ९ करोड १० लाख रुपैयाँ पुगेको छ। चैत्र मसान्तमा कुल नाफा १० करोड १७ लाख रुपैयाँ पुगेको थियो।

बैशाख मसान्तसम्म आइपुग्दा लक्ष्मी उन्नति काेषकाे जम्मा आम्दानी १० करोड ३१ लाख रुपैयाँ रहेको छ। चैत्र मसान्तमा जम्मा आम्दानी ११ करोड २६ लाख रुपैयाँ रहेको थियो। चैत्रकाे तुलनामा जम्मा आम्दानी ८.४३ प्रतिशतले घटेको देखिन्छ। सो सामूहिक लगानी काेषले बैशाख मसान्तसम्म १ करोड २० लाख रुपैयाँ खर्च गरेको देखिन्छ।

लक्ष्मी उन्नति काेषले  बैशाख मसान्तसम्म ४३ करोड ९२ लाख रुपैयाँ सुचीकृत धिताेपत्र (शेयर) मा लगानी गरेको छ। त्यसै गरी लक्ष्मी उन्नति काेषले ७ करोड रुपैयाँ बैकं मुद्दती निक्षेपमा राखेको छ भने डिबेञ्चरमा ४ करोड ६१ लाख रुपैयाँ लगानी गरेको छ।

लक्ष्मी उन्नति काेषकाे बैकं मौज्दातमा भने १८ करोड ९६ लाख रुपैयाँ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x