अल्लो कोटको माग बढ्दो

ज्ञानमाण्डू।मालिका अल्लो प्रशोधन उद्योगलाई बजारको मागलाई पूरा गर्न मुस्किल परेको छ । गत वर्षदेखि रु १३ लाखको लागतमा नौमुले गाउँपालिकामा सञ्चालनमा आएको सो उद्योगमा आधुनिक गुणस्तरीय प्रशोधन उपकरणको अभाव र धागो उत्पादनमा गति नहुँदा बजारको मागलाई धान्न नसकेको हो । 

काठमाडौँ, भक्तपुर, पोखरालगायतका शहरदेखि अल्लोका कपडाको माग बढिरहेको सञ्चालक पदमबहादुर खड्काले जानकारी दिए । उनले भनेका थिए ,“गाउँघरकै मागलाई पूरा गर्न अप्ठ्यारो छ, बाहिरको मागको कुरा नै नगर्नुहोस् ।” 

उत्पादित अल्लोको कपडालाई प्रति मिटर रु ५०० पर्दछ । उद्योगमा दक्ष कर्मचारीको अभाव रहेको छ । अधिकांश महिलाले उद्योगमा काम गरिरहेका छन् । स्थानीय बिना रोक्का मगरले उद्योगमा काम पाउँदा घर खर्च चलाउन सजिलो भएको र श्रीमान्को कमाइमा भर पर्नुपर्ने अवस्था नरहेको बताउँछिन् । उद्योगबाट एक वर्षमा १०० अल्लोका कोट बिक्री भएको सञ्चालक खड्काले जानकारी दिए । रु सातदेखि आठ हजारसम्म कोटको मूल्य रहेको छ । 

कर्णाली प्रदेश सरकारले कर्मचारी, जनप्रतिनिधिले अब आफ्नै प्रदेशमा उत्पादन भएका कपडाको प्रयोग गर्ने जनाएको छ । उक्त कार्यक्रमले उद्यमीलाई थप टेवा पुग्ने विश्वास गरिएको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x