नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्न अषाढ २१ गते विशेष साधारण सभा गर्दै इन्फिनिटी लघुवित्त


ज्ञानमाण्डू। इन्फिनिटी लघुवित्त वित्तिय संस्था लिमिटेडले आगामी २०७८ साल अषाढ २१ गते, सोमबारका दिन विशेष साधारण सभा गर्ने भएको छ । लघुवित्तले सो सभा बिहान ९:०० बजे पश्चात् कम्पनीको केन्द्रिय कार्यालय गैंडाकोट, नवलपुरमा भिडियो कन्फ्रेन्सको माध्यम मार्फत आरम्भ हुने जानकारी दिएको छ। यूनियन हाइड्रोपावर लिमिटेडको जेष्ठ ३० गतेका दिन बसेको सञ्चालक समितिको ६६ औँ बैठकले गरेको निर्णय अनुसार उक्त सभाको मिति तय भएको हो ।

हालको कोभिड १९ को माहामारीको कारण नेपाल सरकारले जारी गरेको सुरक्षा मापदण्डको पूर्ण पालना गरी सभा सम्पन्न गर्नुपर्ने विशेष परिस्थितिका कारण इन्फिनिटी लघुवित्त वित्तिय संस्था लिमिटेडले Virtual माध्यमबाट उक्त सभामा उपस्थित निमित्त आफ्नो मंतव्य राख्न चाहनुहुने शेयरधनीहरुले सभा संचालन हुनुभन्दा अगावै कम्पनीको ईमेल ठेगाना: [email protected] मा आफ्नो नाम, सम्पर्क नं र डिम्याट नं टिपाई Meeting ID/Password माग गरि प्राप्त गर्न सक्नेछन्।

विशेष प्रस्ताव तर्फ, इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट कम्पनीका अध्यक्ष मार्फत प्रस्तुत हुने प्रतिवेदनलाई छलफल गरी पारित गर्ने रहेको छ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति ( एक्विजिशन) गर्ने प्रयोजनको लागि मूल्याँकनकर्ताबाट प्राप्त नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको चल/अचल सम्पत्ति र दायित्व मूल्याँकन प्रतिवेदन (Due Diligence Audit-DDA), प्राप्ति पछिका व्यवसायिक अवसरहरु, सम्पत्ति एवं दायित्वको बजार मूल्य, वर्तमान जोखिम अवस्था समेतको आधारमा आपसी सहमति बमोजिम निर्धारण गरिएको नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको १०० (एक सय) कित्ता शेयरलाई इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको ९८ (अन्ठानब्बे) कित्ता शेयर (१ः०.९८) दिने गरी शेयर मूल्य अनुपात (Share Swap Ratio) कायम गर्ने र नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्न स्वीकृत प्रदान गर्ने प्रस्ताव पारित गर्ने विशेष प्रस्ताव सभाको रहेको छ ।

त्यस्तै विशेष प्रस्तावहरुमा, इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गरे पश्चात संस्थाको जारी तथा चुक्ता पूँजीमा बृद्धि हुने भएको हुँदा सोही बमोजिम संस्थाको प्रबन्धपत्र सम्बन्धि सम्पूर्ण कार्य गर्न तथा प्रवन्धपत्र र नियमावलीको संशोधनहरुमा नियमनकारी निकायहरुबाट कुनै फेरवदल, थपघट गर्न निर्देशन वा सुझाव भएमा सोही वमोजिम गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

विशेष साधारण सभा प्रयोजनका लागि इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले मिति २०७८/०३/०८ गतेका दिनसंस्थाको शेयरधनी दर्ता किताब बन्द(बुक क्लोज) रहने जनाएको छ। यस अर्थ मिति २०७८/०३/०७ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार भई प्रचलित कानून बमोजिम संस्थाको शेयर रजिष्ट्रारमा प्राप्त विवरणको आधारमा कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x