‘खल्ती’बाट वर्ल्डलिंकको बिल भुक्तानीमा प्रयोगकर्तालाई १०% भ्याट फिर्ता प्राप्त गर्न सकिने


 

ज्ञानमाण्डू। नेपालमा पहिलो पटक वर्ल्डलिंक प्रयोगकर्ताहरूले खल्ती मार्फत आफ्नो बिल भुक्तानीमा भ्याट रकमको १०% फिर्ता पाउने भएका छन्।

खल्तीले आन्तरिक राजस्व विभाग (आई आर डी) र वर्ल्डलिङ्कसँग समन्वय गरी यो कार्यादेशलाई अगाडि बढाएको कम्पनीले जनाएकाे छ। वर्ल्डलिंक र खल्ती दुबै मिलि नेपालको डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन गर्न र डिजिटल नेपालको साझा लक्ष्य पूरा गर्न काम गरिरहेकाे
कम्पनीले बताएकाे छ।

१०% भ्याट फिर्ताको साथै खल्तीले पहिले नै १.५% क्यासब्याक + रु. १०० क्यास्ब्याक अर्थतन्त्रलाई प्रोत्सहन गर्न वर्ल्डलिङ्क बिल भुक्तानीमा प्रोमो कोड GOCASHLESS प्रयोग गरी छुट प्रदान गरेको छ । अब थप १०% भ्याट फिर्ताले डिजिटल नेपाल तर्फ ६,५०,००० वर्ल्डलिङ्क घरपरिवारलाई सजिलै प्रत्यक्ष फाइदा पुर्याउनेछ। उपभोक्ताहरूले भ्याट रकमको चार्ज गरिएको १३% भ्याट को १०% भ्याट फिर्ता पाउने
कम्पनीले बताएकाे छ। यसका लागि खल्ती प्रयोगकर्ता उपभोक्ता बर्गको हुनु पर्ने छ साथै वर्ल्डलिङ्क जडान पनि उपभोक्ता बर्गको हुनु पर्ने छ अर्थात यो सुबिधा व्यवसायिक कार्य प्रयोजनको लागि दिईने छैन ।

यस नौलो सुविधा बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले
भन्नुभयो, “यस सेवाले निश्चित रूपमा सबै नेपालीहरूमा वित्तीय समावेशीकरण ल्याउने हाम्रो दृष्टिकोणलाई अगाडी बढाउँने छ। यसका साथै हामी सरकार र अन्य निकायहरूसँग मिलेर थप सजिलो सेवा र सुविधाहरू ल्याउनका लागि नयाँ क्षेत्रहरूमा काम गर्नेछौं।”

यस सुविधाको बारेमा बोल्दै वर्ल्डलिंकका सामुहिक प्रमुख वित्तीय अधिकारी
, संजय कुमार साहले भन्नुभयो, “खल्तीले पेमेन्ट पार्टनरको हैसियतले वल्डलिङ्कका ग्राहकहरुलाई धेरै किसिमका क्यास्ब्यक अफरहरु दिईरहेको छ। यस भ्याट फिर्ताको अफरले हाम्रो डिजिटल नेपालको साझा अभियानलाई अगाडी बढाउनेछ र साथै वर्ल्डलिङ्कका प्रयोगकर्ताहरुलाई पनि खल्ती मार्फत भुक्तानी गर्न प्रोत्साहन दिने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x